“अन्ततः रासफोर्डले जिते रोनाल्डोसँगको युद्ध”

एजेन्सी – टोटेनह्याम हटस्परका पूर्व स्ट्राइकर गार्थ क्रुक्सको भनाईलाई मान्ने हो भने म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डले अन्ततः क्रिस्टियानो रोनाल्डोलाई उछिनेका छन्। एक मिडियाका लागि स्तम्भ लेख्नेक्रममा क्रुक्सले रोनाल्डोलाई रासफोर्डले उछिनेको दावी गरेका हुन्।

बीबीसीका लागि स्तम्भ लेख्दै क्रुक्सले रोनाल्डोसँगको प्रतिष्पर्धामा अन्ततः रासफोर्ड अगाडी निस्किएको दावी गरेका छन्। रोनाल्डोको सट्टा रासफोर्डलाई मौअका दिएर प्रशिक्षक एरिक टेन ह्यागले धेरै राम्रो गरेको क्रुक्सको भनाई छ।

“यस्तो देखिन्छ कि रासफोर्डले क्रिस्टियानो रोनाल्डोसँगको युद्ध जितेका छन्। अब उनी नै म्यानचेस्टर युनाइटेडको शुरुवाती ११ मा हुने देखिन्छ। एरिक टेन ह्यागले पक्कै पनि सही निर्णय गरेका छन्। रासफोर्ड युनाइटेडको भविष्य हुन्। तर रोनाल्डो अब युनाइटेडको विगत मात्र हुन्।”,क्रुक्सले आफ्नो स्तम्भमा लेखेका छन्।

तत्कालको लागि रासफोर्डले नियमित युनाइटेडको शुरुवाती ११ मा स्थान बनाएको भएपनि शुरुवाती ११ मा स्थापित हुन भने थप गोल गर्नुपर्ने क्रुक्स बताउँछन्। धेरै भन्दा धेरै गोल गर्न सकेमात्रै रासफोर्ड युनाइटेडको नियमित टोलीमा स्थापित हुने क्रुक्सको भनाई छ।

क्रुक्स लेख्छन्,”रासफोर्डले युनाइटेडलाई गौरवका दिनहरूमा फर्काउन सक्छन् कि सक्दैनन् भनेर हेर्ने समय आएको छ। यदि उनले युनाइटेडको आक्रमणको नेतृत्व गर्ने र रोनाल्डोलाई बेन्चमा सिमित गर्ने हो भने त्यो हासिल गर्नुपर्छ। त्यसका लागि रासफोर्डले गोल र प्रशस्त मात्रामा गर्नु पर्छ।”

आर्सनल विरुद्धको खेलमा रासफोर्ड उच्च लयमा देखिएको भएपनि उनले त्यसलाई निरन्तरता दिन सके मात्रै हालको लयको अर्थ हुने क्रुक्सले आफ्नो स्तम्भमा उल्लेख गरेका छन्।

प्रकाशित : , ०, ०१७:४२

“क्रिस्टियानो रोनाल्डो नाम भएर शिर्ष स्थानमा पुगेका होइनन्, आफ्नो दममा पुगेका हुन्”