टोटेनह्याम हटस्परका पूर्व स्ट्राइकर गार्थ क्रुक्सले म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्ड हाल ओल्ड ट्राफोर्डमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोभन्दा अगाडि रहेको बताएका छन्।
२४ वर्षीय रासफोर्डले आइतबार (सेप्टेम्बर ४) घरेलु मैदानमा आर्सनलविरुद्ध दुई गोल र असिस्ट गर्दै एरिक टेन ह्यागको टोलीलाई चौथो जित दर्ता गराउन मद्दत गरे। उनले पहिलो हाफमा एन्टोनीको सुरुवाती गोललाई असिस्ट प्रदान गर्नुका साथै दुई गोल गर्दै आफ्नो टोलीको जित पक्का गरेका थिए।
अर्कोतर्फ, रोनाल्डो खेलको एक घण्टाको समयपछि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। यस गर्मीको सुरुमा ओल्ड ट्राफोर्ड छाड्ने प्रयासमा भएका पोर्चुगिज दिग्गजले यो सिजन अहिलेसम्म प्रिमियर लिग खेल मात्र सुरु गरेका छन्। बीबीसीमा उनको ‘टीम अफ द वीक’ स्तम्भमा, क्रुक्सले रासफोर्डलाई मुख्य स्ट्राइकरको रूपमा सुरु गर्ने टेन ह्यागको निर्णयको प्रशंसा गरे।
उनले लेखे: “यस्तो देखिन्छ कि रासफोर्डले म्यानचेस्टर युनाइटेडका लागि खेल सुरु गर्न क्रिस्टियानो रोनाल्डोसँगको युद्ध जितेको छ। एरिक टेन ह्यागले पक्कै पनि सही निर्णय गरेका छन्। रासफोर्ड युनाइटेडको भविष्यको हिस्सा हो र रोनाल्डो, दुर्भाग्यवश, युनाइटेडको विगतको हिस्सा हो।”