रोनाल्डोले जारी सिजनमा खाता खोल्नै बाँकी, कहिले गर्लान् पहिलो गोल ?

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अन्ततः प्रिमियर लिगमै रहने भएका छन्। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने सक्दो प्रयास गरेपनि अन्ततः रोनाल्डो युनाइटेडमै रहने भएका हुन्।

युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुन नसकेपछि रोनाल्डोले सन् २०२१-२२ को सिजन सकिए लगत्तै नयाँ क्लबको खोजिमा जुटेका थिए। तर ट्रान्सफर विन्डो बन्द हुने अन्तिम दिन सम्म पनि उनले क्लब भेट्टाउन सकेनन्।

ट्रान्सफर विन्डोभर रोनाल्डोको नाम युरोपका विभिन्न क्लबहरुसँग जोडिए। एजेन्ट जोर्गे मेन्डेसले चेल्सी, पेरिस सेन्ट जर्मेन(पिएसजी), बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, नापोली, एसी मिलान जस्ता धेरै क्लबहरुलाई रोनाल्डो अफर गरेका थिए। तर कुनै पनि क्लबले रोनाल्डोलाई भित्र्याउन भने चाहेनन्।

रोनाल्डो अन्तिम दिन सम्म पनि अन्यत्र जान्छन् भन्ने धेरैको अनुमान थियो। तर ट्रान्सफर विन्डोको अन्तिम दिन पनि रोनाल्डो अन्यत्र जाने खबर आएन। अहिले ट्रान्सफर विन्डो बन्द भइसकेको छ र रोनाल्डो युनाइटेडमै केन्द्रित हुनेछन्।

रोनाल्डोका लागि जारी सिजन गत सिजन जस्तो सहज भने हुने छैन। परिस्थिति बदलिएको छ। युनाइटेडमा नयाँ प्रशिक्षक आएका छन् र केहि खेलाडीहरु पनि थपिएका छन्। नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोलाई बेन्चमा राख्न कुनै अफ्ठेरो नमान्ने संकेत दिसकेका छन्। उनले रोनाल्डोलाई नयाँ सिजन शुरु भएपछि चार खेलमा बेन्चमा राखिसकेका छन्।

उनले रोनाल्डोलाई एक खेलमा मात्रै शुरुवाती अवस्थामै मैदान प्रवेश गराएका छन्। बाँकी चार खेलमा उनले रोनाल्डोले बेन्चबाट मैदान प्रवेश गराएका छन्। रोनाल्डोले प्रिमियर लिगको जारी सिजनमा युनाइटेडका लागि पाँच खेलमा मात्रै १ सय ७५ मिनेट खेलेका छन्। कम खेल्न पाएका कारण रोनाल्डोले गोलको खाता समेत खोल्न बाँकी छ। गत सिजन प्रिमियर लिगमा १८ गोल गरेका उनी युनाइटेडको सर्वाधिक गोलकर्ता रहेका थिए।

प्रकाशित : , ०, ०१७:५६

गोल्डेन बुट दौडमा हालाण्डको दबदबा, सलाह-रोनाल्डोको भने बेहाल ! को कति स्थानमा ?