एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई पहिला भन्दा केहि आराम दिने सोच बनाएका छन्। शनिबार सिजनको चौंथो खेलमा रियल बेटिसलाई पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा बेन्जेमालाई पछिल्लो सिजन भन्दा केहि आराम दिने आफूले सोच बनाएको बताएका हुन्।
रियल बेटिस विरुद्धको खेलमा बेन्जेमाले पूरा ९० मिनेट खेले। सो खेलमा बेन्जेमाले गोल गर्न नसकेपनि रियल विजयी भयो। जारी सिजनका चारै खेलमा बेन्जेमाले पूरा खेलेका छन्। सो सम्बन्धमा पत्रकारहरुले प्रश्न राख्दा एन्सेलोटीले अब आउने समयमा बेन्जेमालाई केहि आराम दिने आफूले योजना बनाएको सुनाए।
अब च्याम्पियन्स लिग पनि शुरु हुने हुँदा बेन्जेमालाई केहि आराम दिनुपर्ने अवस्था रहेको एन्सेलोटीले बताए। बेन्जेमा शारीरिक रुपमा एकदमै फिट रहेको एन्सेलोटीको भनाई छ। खेलको अन्तिममा बेन्जेमाले केहि असहज महसुस गरिरहेको जस्तो देखिएपनि सो शारीरिक कम्जोर नभएको एन्सेलोटीले स्पष्ट पारे।
“हामी बेन्जेमालाई धेरै खेलाएर मार्दैनौं, चिन्ता नलिनुस्। अब हामी हरेक साता तीन खेल खेल्दैछौँ। यस्तोमा मैले बेन्जेमालाई सबै खेल खेलाउने योजना बनाएको छैन। बेन्जेमालाई केहि खेलमा विश्राम दिने मेरो सोच छ। अहिलेसम्म उसले हरेक हप्ता खेलेको तर आउने समयमा विचार गरौंला। शारीरिक रुपमा बेन्जेमा फिट छन्। रियल बेटिस विरुद्धको खेलको अन्तिम समयमा उनको चाल सहित थिएन। तर त्यो शारीरिक कारणले थिएन।”,एन्सेलोटीले भने।
बेन्जेमाले लालिगाको जारी सिजनका चार खेल खेल्दा तीन गरिसकेका छन् भने एक असिस्ट दिएका छन्।