ऐतिहासिक प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र आर्सनल आइतबार ओल्ड ट्राफोर्डमा भिड्नेछन् र यो एक कडा भिडन्त हुने विश्वास गरिएको छ। गनर्स नयाँ सिजनमा अपराजित छन् र हाल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा छन्।
तर लिग लिडरको अपराजित लयलाई म्यानचेस्टर युनाइटेडले तोड्न सक्छ, जसले नयाँ सिजनको आफ्नो पहिलो दुई खेलमा लगातार हार बेहोरेपछि विजयी यात्रामा फर्किएको छ। रेड डेभिल्सले पछिल्लो ३ खेलमा लिभरपुल, साउथह्याम्पटन र लेस्टर सिटी विरुद्ध जित निकालेको छ। पछिल्ला तीन खेलहरूमा उनीहरूको प्रदर्शन निकै बलियो देखिएको छ विशेषगरी रक्षात्मक रूपमा, ३ खेलमा १ गोल मात्र खाएको छ।
आर्सनल विरुद्ध आइतबारको खेल पनि पछिल्ला ३ खेल भन्दा फरक नहुने अपेक्षा गरिएको छ किनकि यो एरिक टेन ह्याग र युनाइटेड स्टारका लागि सुधार गर्ने अर्को मौका हुनेछ। यस्तोमा, थप कुरा नगरी आज राती म्यानचेस्टर युनाइटेडले आर्सेनल विरुद्ध जित्ने पाँच कारण बारे हेरौं…
५. आर्सनलका लागि पहिलो कठिन प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड
आर्सलनका सुरुवाती ५ खेल: क्रिस्टल प्यालेस, लिस्टर सिटी, बर्नमाउथ, फुल्ह्याम र एस्टन भिल्ला
४. म्यानचेस्टर युनाइटेडको बलियो डिफेन्स
युनाइटेडका पछिल्ला ३ जित: २-१ भर्सेस लिभरपुल, १-० भर्सेस साउथह्याम्टन र १-० भर्सेस लेस्टर सिटी
३. आर्सनलको चोटिल टोली
चोटिल आर्सनल खेलाडी: मोहमद एल्नेनी, थोमस पाटे, मार्टिन ओडेगार्ड, ओलेकसेन्डर जिन्चेंको र आरोन राम्सडेल
२. युनाइटेडको उच्च गति भएको आक्रमण पङ्क्तिले खोल्न सक्छ आर्सनलको डिफेन्स
युनाइटेडको फरवार्ड लाइन: मार्कस रास्फर्ड, जाडोन सान्चो, एन्थनी एलांगा, क्रिस्टियानो रोनाल्डो र एन्टनी
१. ओल्ड ट्राफोर्डमा चल्दैन आर्सनलको बोल-बाला
ओल्ड ट्राफोर्डमा आर्सनल: पछिल्ला १५ खेलमा मात्र एक जित