मजा-मजा मै सेभिल्लालाई ध्वस्त गर्दियो बार्सिलोनाले, लेवान्डोस्कीले बनाए यस्तो किर्तिमान !

शनिबार सेभिल्लालाई ३-० ले पराजित गर्दा बार्सिलोनाले आक्रमणको तरलतालाई नयाँ स्तरमा लान सफल भएको छ। खेलको २१ मिनेटपछि राफिन्हाले लेवान्डोस्कीले गरेको प्रहार सेभिल्ला डिफेन्डरले बचाएपछि आएको रिबाउन्डमा हेड गर्दै बार्सिलोनालाई अग्रता दिलाएपछि लेवान्डोस्कीले जुल्स कुण्डेको पासमा क्याटालानको अग्रता दोब्बर गराएका थिए।

त्यसपछि दोस्रो हाफको पाँचौं मिनेटमा एरिक गार्सियाले गोल गर्दै जित बार्सिलोनाको पोल्टामा पारेका थिए। यस जितसँगै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ र चार खेलमा अपराजित रहेको छ। बार्सिलोना लिग लिडर रियल म्याड्रिड भन्दा दुई अंकले पछि रहेको छ, जसको लिगमा हालसम्म १०० % नतिजा रहेको छ।

शनिबारको गोलसँगै सन् २००९ मा क्रिस्टियानो रोनाल्डो र २०११ मा राडामेल फाल्काओपछि रोबर्ट लेवान्डोस्की यस शताब्दीमा आफ्नो पहिलो चार ला लिगा खेलमा पाँच वा बढी गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। बार्सिलोनाको अर्को खेल बुधबार च्याम्पियन्स लिगको पहिलो खेलमा भिक्टोरिया प्लजेन विरुद्ध क्याम्प नोउमा रहेको छ।

प्रकाशित : , ०, ०१३:१३

पहिलो सिजनबाट नै धोबी-पछाड हुन थाल्यो बेन्जेमा-लेवान्डोस्कीको: कसले गर्ला धेरै गोल ?