आर्सनल भर्सेस युनाइटेड: रोनाल्डो खेल्ने सम्भावना कति ?

एजेन्सी – प्रिमियर लिगको छैठौं साता अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेडले अपराजित आर्सनलको सामना गर्दैछ। सिजनको छैठौं खेलमा युनाइटेडले आर्सनलको सामना गर्न लागेको हो। युनाइटेड र आर्सनल बीचको खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

आर्सनल विरुद्ध युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले लेस्टर विरुद्ध उतारेकै स्क्वाड उतार्ने सम्भावना छ। तर फरक यो हुनेछ कि स्कट म्याकटोमिनेको ठाउँमा कासेमिरोलाई उतार्न सक्नेछन्। म्यानचेस्टर युनाइटेड फाकुन्डो पेलिस्ट्री, एन्थोनी मार्शल र ब्रान्डन विलियम्स बिना मैदानमा उत्रनेछ। तीनै खेलाडी घाइते छन्।

त्यस्तै आर्सनल विरुद्धको खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो शुरुवाती ११ मा पर्ने सम्भावना न्यून देखिन्छ। टेन ह्यागले यस सिजन रोनाल्डोलाई खासै शुरुवाती ११ मा राखेका छैनन्। उनले रोनाल्डोलाई ब्राइटन विरुद्धको खेलमा मात्रै शुरुवाती ११ मा सामेल गराएका थिए। सो खेलमा युनाइटेड ४-० को गोल अन्तरले पराजित भएको थियो।

सो खेल पश्चात रोनाल्डो बेन्चबाट मात्रै मैदान प्रवेश गर्न पाएका छन्। आज पनि रोनाल्डो बेन्चमा रहने र पछि मैदान प्रवेश गर्ने अनुमान लगाउन सकिन्छ। तर रोनाल्डो युनाइटेडमै रहने भएपछि टेन ह्यागले उनलाई पहिला भन्दा केहि बढी विश्वास पनि गर्न सक्छन्।

केहि दिन अगाडी बन्द भएको ट्रान्सफर विन्डोमा रोनाल्डोले युनाइटेड छाड्न सक्दो प्रयास गरेका थिए। तर ट्रान्सफर विन्डो बन्द भएसँगै रोनाल्डो युनाइटेडमै केन्द्रित छन्।

प्रकाशित : , ०, ००९:५०

बायर्न रोकियो, शिर्ष स्थानबाट सिधै तेस्रो स्थानमा झर्यो !