लालिगाको शिर्ष स्थानमा रहेका रियल म्याड्रिड र रियल बेटिस भिड्दै !

एजेन्सी – स्पेनिस ला लिगामा आज राति शीर्षस्थानमा रहेको रियल म्याड्रिडले घरेलु मैदानमा रियल बेटिसको सामना गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ८ बजेपछि सुरु हुनेछ ।

दुवै टोलीले सुरुवाती तीन खेलमा शत प्रतिशत जित निकालेका छन् । सोही कारण यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलमा सफलता हात पार्ने टोलीले स्पष्ट अग्रता लिनेछ ।

रियल घरेलु मैदानमा रियल बेटिसलाई हराउँदै आफ्नो शीर्षतालाई थप मजबुत बनाउन चाहन्छ । टोलीसँग कप्तान करिम बेन्जेमा, भिनियिस जुनियर, फेडे भाल्भेर्डे, लुका मोड्रिच, टोनी क्रुस, ओरेलिएन चुआमेनी, इडुआर्डाे कामाभिंगा, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

यसबाहेक टोलीसँग एन्टेनियो रुडिगर, लुकास भास्क्वेज, रोड्रिगो, ड्यानियल सेवालोसइडेन हाजार्ड र मार्काे एसेन्सियो टोलीमा रहेका छन् । प्रमुख खेलाडी क्यासमिरोले क्लब छाडेपनि उनको स्थानमा चुआमेनी र कामाभिंगाले राम्रो प्रदर्शन गरिरहेका छन् ।

यता, रियल बेटिस पनि घरेलु टोलीलाई पराजित गर्दै लगातार चौथो जित निकाल्दै शीर्षस्थानमा उक्लने दाउँमा हुनेछ । टोलीसाग बोर्जा इंग्लिसिएस, जुआनमी,नविल फेकिर, सर्जियो केनालेस, एन्डरेस गुआरडाडो, गुइडो रोड्रिग्वेज, एलेक्स मोरेनो, इडगर गोन्जालेज, लुइज फिलिपे, इइटर रुइवल र गोलरक्षक रुइ सिल्भा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो २० खेलमा रियलले १२ जित निकालेको छ । चार खेल बराबरीमा सकिदा ४ खेल बराबरीमा सकिएको छ । रियल सन् २०२० मार्चमा ला लिगामै २–१ ले पराजित भएयताको चार खेलमा अपराजित छ । जसमा समान दुई जित र बराबरीको नतिजा छ । पछिल्लो खेल गोलरहित बराबरीमा सकिएको छ ।

प्रकाशित : , ०, ०१७:१३

लिभरपुलको कन्तबिजोक, फेरी बराबरीमा रोकियो !