म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले यस सिजन ओल्ड ट्राफोर्डमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सहायक भूमिका खेल्न सक्ने संकेत गरेका छन्।
रेड डेभिल्ससँग रोनाल्डोको अनिश्चित भविष्य अब भने स्पष्ट भएको छ। बिहीबार, सेप्टेम्बर १ मा ट्रान्सफर विन्डो बन्द भएपछि उनी कम्तीमा एक सिजनका लागि म्यानचेस्टरमै बस्ने पक्का भएको छ। लेस्टर सिटी विरुद्ध म्यानचेस्टर युनाइटेडको खेल पछि, टेन ह्यागलाई क्रिस्टियानो रोनाल्डोको ओल्ड ट्राफोर्डमा भविष्यको बारेमा सोधिएको थियो।
जसमा उनले प्रतिक्रिया दिए (म्यानचेस्टर इभिनिङ न्युज द्वारा उद्धृत): “हामीले भनेजस्तै, यो वास्तवमै सिजनको प्रारम्भ हो र हामीसँग राम्रो टोली छ। हामीसँग ११ भन्दा बढी शुरुवात गर्न सक्ने खेलाडीहरू छन्, तपाईंले अहिले देख्नु भएको छ। बेन्चमा रहेका खेलाडीहरूले एक, दुई वा तीन हप्तामा खेल्न सक्छन्।”
किंग पावर स्टेडियममा ट्रान्सफर विन्डोको अन्तिम दिन लेस्टर विरुद्ध युनाइटेडको १-० को जित निकालेको खेलमा रोनाल्डोले बेन्चमा सुरुआत गरेका थिए। यो लगातार तेस्रो खेल थियो जसमा उनले वैकल्पिक खेलाडीको रूपमा खेलेका थिए। ६८ औं मिनेटमा रोनाल्डो जाडोन सान्चोको स्थानमा मैदान प्रवेश गरेका थिए।