विपक्षी गोलकिपर उर्लिएपछि बार्यनको सबै प्रयास पानीमा, एक-एक गर्दै बचाए १९ शट !

एजेन्सी – स्वीस गोलरक्षक यान सोमेरको जर्मन बुन्डेसलिगाको इतिहासमै कीर्तिमानी १९ बचाउँ गरेपछि साविक विजेता बायर्न म्युनिख बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको छ ।

बायर्न घरेलु मैदानमा बोरुसिया बोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरीमा रोकिएको हो । लगातार पोस्ट आक्रमण बुनिरहेको बायर्नका लागि अन्तत लिरोए सानेले गोल गर्दै टोलीलाई हारबाट जोगाउन सफल भए ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा साडियो मानेको दुई गोलले अफसाइडका कारण मान्यता नपाउँदा टोली थप दवावमा परेको थियो । ३४औं मिनेटमा मानेको गोलले भिएआरबाट बान्यता पाएन ।

४३औं मिनेटमा डेयोट उपमेकानोको गल्तस्पछि मार्कस थुरामले क्रिस्टोफ क्रामरको पासमा मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्दै मोन्चेनग्लाडवाकलाई शुरुवाती अग्रता दिलाए ।

८३औं मिनेटमा जमाल मुसियलाको पासमा सानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । यो बायर्नको खेलको २५औं तथा १५औं सट अन टार्गेट थियो । खेलको इन्ज्युरी समयमा बेन्जामिन पाभार्डको प्रयासलाई विफल पारेका उनले खेलमा १९औं बचाउँ गर्दै बुन्डेसलिगामा नयाँ कीर्तिमान बनाउन सफल भए ।

सोमेरले यसै वर्षको शुरुमा ह्यामवर्गका अलेक्जयान्डर श्लोलोले बायर्नकै १४ प्रहारलाई बचाउँ गर्दै कीर्तिमान बनाएको थियो । तर बायर्नले ४–१ को जित निकाल्न सफल भयो ।

बराबरीसँगै अपराजित रहेको बायर्न ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा समान खेलबाट ८ अंक जोडेर मोन्चेनग्लाडवाक छैटौं स्थानमा रहेको छ ।

प्रकाशित : , ०, ०१०:४३

टेन ह्यागले ह्यारी म्यागुइरेलाई पठाए चेतवानी !