हालान्डको ह्याट्रिक, सिटीको सानदार पूनरागमन जित !

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार पूनरागमन जित दर्ता गरेको छ ।

सिटीले घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकालेको हो । एक गोल बर्नाडो सिल्भाको नाममा रह्यो । क्रिस्टल प्यालेसका जोआचिम एन्डरसनको गोल सान्त्वना बन्यो । प्यालेसले एक गोल उपहार पाएको थियो ।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलको चौथो मिनेटमा जोन स्टोन्सको गोलबाट घरेलु टोली सिटी खेलमा पछि परेको थियो । २१औं मिनेटमा जोआचिम एन्डरसनले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले पछि परेको थियो ।

तर, दोस्रो हाफमा सिटीको उच्च प्रदर्शन गर्दै ३ अंक जोड्न सफल भयो । ५३औं मिनेटमा बर्नाडो सिल्भाले रोड्रीको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए । ६२औं मिनेटमा फिल फोडेनको पासमा हालान्डले गोल गर्दै सिटीलाई खेलमा २–२ गोलको बराबरीमा ल्याए ।

j७०औं मिनेटमा जोन स्टोन्सको पासमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई खेलमा ३–२ को अग्रता दिलाए । ८१औं मिनेटमा इल्केए गुन्डोगानको पासमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटीले पूनरागमन जित निकाल्न सफल भयो ।

यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट सिटी आएका हालान्डले प्रिमियर लिगमा पहिलो ह्याट्रिक पुरा गरे । २२ वर्षीय हालान्डले प्रिमियर लिगको ४ खेलमा ६ गोल र एक असिस्ट दिइसकेका छन् ।

यस जितसँगै सिटी चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि ब्राइटन दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित : , ०, ०२२:३७

लिभरपुलको पहिलो जित, मच्चायो ‘वितन्डा’ !