“मेस्सीमा विश्वकप जित्ने मानसिक क्षमता नै छैन”

कतारमा यसै वर्षको अन्तिममा हुने विश्वकप अर्जेन्टिनी कप्तान लियोनल मेस्सीक लागि अन्तिम विश्वकप लगभग निश्चित रहेको छ। यस्तोमा, आफ्नो अन्तिम विश्वकपमा आफ्नो करियरमा अनुपस्थित रहेको एक मात्र उपाधि मेस्सीले जित्न सफल होलान् त भन्ने प्रश्न सबैको मनमा रहेको छ। गत वर्ष कोपा अमेरिका उपाधि र यसै महिना मात्र इटालीलाई पराजित गर्दै फाइनालीसिमा उपाधि जितेको अर्जेन्टिनी टोली पछिल्लो ३२ खेलदेखि अपराजित रहेको छ।

लामो समयदेखि मेस्सीले आफ्नो काँधमा बोक्दै आएका राष्ट्रिय टोली अहिले भने निकै सन्तुलित देखिन्छ। निकै उत्कृष्ट स्क्वाड तयार पारेको अर्जेन्टिना यस पटकको विश्वकप जित्ने प्रमुख दाबेदार मानिएको छ। सन् २०१४ मा विश्वकप जित्न निकै नजिक पुगेका मेस्सीको २०१८ विश्वकपको यात्रा भने त्यति सफल रहेन। यस्तोमा यस वर्ष विश्वकप जितेर राष्ट्रिय टोलीबाट सन्यास लिने तयारीमा रहेका मेस्सीको सपना पूरा होला वा नहोला भन्नेमा धेरैको चासो रहेको छ।

तर अर्जेन्टिना कै दिग्गज खेलाडीलाई भने मेस्सीको कप्तानीमा रहेको टोलीमा पूरा विश्वास रहेको छैन। पूर्व इन्टर मिलान स्टार जाभिएर जानेट्टीले कतार विश्वकपमा आफ्नो देशको सम्भावना बारे आफ्नो मत राखेका छन्। उनले अर्जेन्टिनाको टोली अहिले निकै उत्कृष्ट रहेको र कुनै पनि टोलीलाई पराजित गर्ने क्षमता राखेपनि दबाबपूर्ण खेलमा राम्रो प्रदर्शन गर्न नसक्ने शंका जनाएका छन्।

“राम्रो कुरा के हो भने, अहिलेको अर्जेन्टिना निकै सुधारिएको टोली रहेको छ। मेस्सीजस्ता महान खेलाडी र प्रतिभाशाली युवा खेलाडी यस टोलीमा समावेश छन्। उनीहरू समग्रमा एक प्याकेज टिम हुन्,” जानेट्टीले भने, “तर, यो टिम दबाबपूर्ण आवस्थामा ठूला टिमविरुद्ध निराश हुनसक्छ। २०१४ र २०१८ को विश्वकपलाई हेर्दा पनि सोही कुरा देख्न सकिन्छ। त्यसैले, यो अर्जेन्टिनी टिमले सबैभन्दा पहिला कतार विश्वकपका लागि आत्मविश्वास जगाउनुपर्छ। ठूला टिमविद्ध निर्णायक चरणमा कसरी खेल्ने भने मानसिक रूपमा तयार रहनुपर्छ।”

प्रकाशित : , ०, ०१५:५५

विश्वकप २०२२ मा तहल्का मच्चाउँन सक्छन् यी ५ टोलीले !