भदौ ९ गते बिहीबार गुरु पुष्य नक्षत्रको दश महायोगसँग १५ सय वर्षपछि पुनर्निर्माण हुँदैछ। गुरु-पुष्य नक्षत्रको संयोगमा शुभ कार्य आरम्भ गर्नु र नयाँ वस्तुको खरिद गर्नु अति शुभ हुन्छ।
गुरु–पुष्य नक्षत्रको संयोग वर्षमा दुई–तीन पटक मात्रै बन्ने गरेको भए पनि यसपटक करिब १५ सय वर्षपछि पुनः गुरु–पुष्य नक्षत्रको संयोगले ग्रहको संयोग बन्न लागेको हो। ज्योतिष शास्त्र अनुसार भदौ ९ गते गुरु-पुष्य नक्षत्रको संयोगको दिन सूर्य सिंह राशिमा, बृहस्पति मीन राशिमा, शनि मकर राशिमा, बुध कन्या राशिमा र चन्द्रमा कर्कट राशिमा रहनेछ। यस दिन यी ५ ग्रहहरु आ–आफ्नो राशिमा रहनेछन् जुन अत्यन्तै शुभ संयोग हो। गुरु-पुष्य नक्षत्रको दिन शनि र गुरु दुबै ग्रहले विशेष प्रकारको योग बनाइरहेका छन् किनकि दुबै ग्रह आ–आफ्नो राशिमा रहनुका साथै पुष्य नक्षत्रको स्वामी शनि र पुष्य नक्षत्रको देवता बृहस्पति हो। धेरै शताब्दीपछि शुभ ग्रहहरूको यस्तो संयोजन बनिरहेको छ।
५ ग्रहको संयोगले यस दिन सर्वार्थसिद्धि, अमृतसिद्धि र वरियान नामका तीन ठूला तथा शुभ योगका साथसाथै १० योग पनि बनिरहेका छन्। यी योगहरूमा शुभ, ज्येष्ठ, भास्कर, उभयचारी, हर्ष, सरल र विमलको नाम समावेश छ। यस्तो अवस्थामा दीपावलीको दुई महिना अगाडि नै गुरु-पुष्य संयोगमा किनमेल तथा शुभ कार्य शुरु गर्नु शुभ हुन्छ।
बिहीबार परेको पुष्य नक्षत्रका कारण यसको महत्व बढ्दै जाने धार्मिक विश्वास रहेको छ। यस शुभ योगमा सुनका गहना किन्दा मानिसको जीवनमा सुख र समृद्धिको ढोका खुल्छ। ज्योतिषशास्त्रका अनुसार चातुर्मासमा भगवान विष्णुको पूजा–आराधना गर्नु उत्तम हुन्छ। यस्तो अवस्थामा गुरु-पुष्य नक्षत्रको लागि किनमेल गर्नु धेरै शुभ मानिन्छ।