वैदिक ज्योतिषमा कुनै पनि राशिमा सूर्य र शुक्रको संयोगलाई धेरै महत्त्वपूर्ण मानिन्छ। शुक्र ग्रहलाई प्रेम सम्बन्ध, सुख-सुविधा, प्रतिभा र धन आदिको कारक मानिन्छ। सूर्यलाई आत्मा र साहस आदिको कारक मानिन्छ। अगस्ट ३१ मा शुक्रले सिंह राशिमा संयोग बनाउँछ। दुबै ग्रहको यो मिलनबाट धेरै राशिका व्यक्तिहरुलाई लाभ मिल्नेछ। जानिराखौं यी राशिका बारेमा-
वृष राशि
वृष राशिका व्यक्तिहरूलाई सिंह राशिमा शुक्र र सूर्यको संयोगको शुभ प्रभाव रहनेछ। यस अवधिमा तपाईंको पारिवारिक जीवन सुखद रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। कार्यक्षेत्रमा पदोन्नति पाउन सकिनेछ।
सिंह राशि
सिंह राशीका लागि शुक्र र सूर्यको संयोग लाभदायी साबित हुनेछ। सिंह राशिका व्यक्तिहरूलाई यस अवधिमा आकस्मिक आर्थिक लाभ हुन सक्छ। दाम्पत्य जीवन सुखद रहनेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ। समाजमा मान सम्मान मिल्नेछ।
तुला राशि
तुला राशिका लागि दुई ठूला ग्रहको संयोग लाभदायी साबित हुनेछ। यस अवधिमा तपाईंको आम्दानी बढ्न सक्छ। धन आर्जनको अवसर मिल्नेछ। काम गर्नुहुन्छ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। यस अवधिमा तपाईंलिई धन लाभ पनि हुनेछ।