सबैको प्रिय हुन्छन् यस राशिका व्यक्ति, हुँदैन जीवनमा केही चिजको कमी !

कर्कटको शासक ग्रह चन्द्रमा हो। यो राशिका मानिसहरु धेरै भावुक हुन्छन्। उनीहरुमा कसैको दु:ख देख्न सक्दैनन् र अरुलाई सहयोग गर्न सधैं तत्पर रहन्छन्। यस राशिका मानिसको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरु सधैं आफ्नो वरिपरि परिवार जस्तै वातावरण कायम राख्छन्। यी मानिस तुरुन्तै जो कोहीसँग घुलमिल हुन सक्छन्, अत्यन्त महत्वाकांक्षी हुन्छन्। उनीहरुलाई पारिवारिक जीवन असाध्यै मन पर्छ।

उनीहरू आफ्ना नजिकका मानिसहरूको अत्यन्त ख्याल राख्छन्। उनीहरु आफ्नो जीवन आफ्नै तरिकाले जिउन रुचाउँछन्। यदि कसैले उनीहरूमाथि हावी हुन खोज्यो भने, उनीहरूलाई यो पटक्कै मन पर्दैन। उनीहरु जीवनमा आउने जस्तो सुकै चुनौतीहरुसँग पनि डराउँदैनन्। हरेक चुनौतीको सामना गर्न तयार हुन्छन्। कर्कट राशिका मानिसको सामाजिक घेरा पनि ठूलो हुन्छ। उनीहरू आफ्नो जिम्मेवारी राम्ररी बुझ्छन् र पूरा गर्न सक्दो प्रयास गर्छन्।

यो राशिका मानिसहरु आफ्नो जीवनसाथीप्रति धेरै इमानदार हुन्छन्, आफ्नो पार्टनरलाई पूर्ण स्वतन्त्रता दिन्छन् र उनीहरु प्रति समर्पित रहन्छन्। उनीहरुका लागि आफ्नो परिवार निकै महत्वपूर्ण छ। आफ्नो पार्टनरलाई धेरै माया गर्छन् र सधैं प्रशंसा गर्छन्। घर परिवारको सुखसुविधा पूरा गर्न कुनै कसर बाँकी राख्दैनन्।

व्यावसायिक जीवनको कुरा गर्दा उनीहरु हरेक काम धेरै जिम्मेवारीपूर्वक गर्छन् र आफ्नो हरेक कर्तव्य पूरा गर्छन्। सजिलै पैसा कमाउन सिक्छन्। तर खर्च पनि सजिलै गर्छन्।

प्रकाशित : , ०, ०१४:१४

वास्तु टिप्स: धन प्राप्तिको लागि अवश्य गर्नुहोस् यी मध्ये कुनै एक उपाय, भरिनेछ धनको थैली !