यस दिन लाग्दैछ वर्षको अन्तिम सूर्य ग्रहण, कस्तो असर पर्ला जान्नुहोस् !

वर्षको अन्तिम सूर्य ग्रहण कार्तिक ८ गते लाग्नेछ । यो ग्रहण तिहारको भाइटिकाको भोलिपल्ट लाग्नेछ । यस दिन गोवर्धन पूजा पनि हुन्छ । नेपाली समय अनुसार कार्तिक ८ गतेको साँझ ४ः४४ बजेबाट सुरु हुने सूर्य ग्रहण साँझ ५ः३९ बजेसम्म रहनेछ। यस्तो अवस्थामा सूर्य ग्रहणले यी दुई चाडपर्वमा केही असर गर्छ ? यस दिन कुन समयमा मानिसले पूजा गर्न सक्छन्, जान्नुहोस् विस्तृतमा ।

पञ्चाङका अनुसार कार्तिक अमावस्या तिथि कार्तिक ७ गतेको साँझ ५:४४ बजेदेखि सुरु भएर अर्को दिनको साँझ ४ः२० बजेसम्म रहनेछ। यस्तो अवस्थामा यस वर्ष कात्तिक ७ गते दीपावली-लक्ष्मी पूजा मनाइँदै छ । यसै गरी दीपावली गरेको भोलिपल्ट कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पूजा र अन्न कूट पर्व मनाइनेछ ।

यससँगै वर्षको अन्तिम सूर्य ग्रहण अक्टोबर २५ मा लाग्नेछ । यसको सुतक अवधि मान्य हुनेछैन, किनभने यो सूर्य ग्रहण नेपालबाट देखिने छैन। तर,  सूर्य ग्रहणको सुतक अवधि सूर्य ग्रहण सुरु हुनुभन्दा १२ घण्टा अघि सुरु हुन्छ र सूर्य ग्रहणको अन्त्यसँगै समाप्त हुन्छ।

यसै गरी, यस पटक लक्ष्मीपूजा कार्तिक ७ गते मनाइनेछ भने अर्को दिन सूर्य ग्रहण लाग्नेछ। तर, नेपालबाट  सूर्य ग्रहण नदेखिने भएकाले लक्ष्मीपूजामा यसको कुनै असर नपर्ने भएकोले गोवर्धन पूजा पनि मनाउन सकिन्छ ।

प्रकाशित : , ०, ०१०:५७

शिवका यी मन्त्र हुन्छन् निकै चमत्कारी, मनोकामना पूरा गर्न गर्नुहोस् यी मन्त्रको जप !