कुबेरको मन्त्र यसरी जप्नुहोस्: जसले सबै आर्थिक समस्याहरू क्षणभरमा हटाउनुको साथै, गरिबीबाट मुक्ति मिल्नेछ !

धार्मिक मान्यता अनुसार लक्ष्मी र कुबेर देवलाई धनको देवी- देवताको उपाधि दिइएको छ। कुनै पनि प्रकारको आर्थिक समस्या र गरिबी सम्बन्धी समस्या समाधानको लागि लक्ष्मी र कुबेरको पूजा गर्ने विधि छ। आज हामी कुबेर देवका मन्त्रको बारेमा जान्नेछौँ, जसको जपले मानिसको दरिद्रता हट्नेछ र घरमा धनसम्पत्ति बढ्ने योग छ ।

ज्योतिष शास्त्रका अनुसार आर्थिक अभावका कारण समस्यामा परेका व्यक्तिलाई कुबेर देवलाई प्रसन्न पार्ने सल्लाह दिइन्छ। पूजापछि कुबेर देवका यी मन्त्रको जप गर्नाले मानिसको दरिद्रता हट्छ । साथै घरमा सकारात्मक उर्जा प्रवेश गर्छ । कुब्रे देवका यी मन्त्रका बारेमा जानौँ ।

अष्टलक्ष्मी कुबेर मंत्र

‘ॐ ह्रीं श्रीं क्रीं श्रीं कुबेराय अष्ट-लक्ष्मी मम गृहे धनं पुरय पुरय नमः’

यो देवी लक्ष्मी र कुबेर देवको आशीर्वाद प्राप्त गर्ने मन्त्र हो। यो मन्त्रलाई साचो मनले जप गर्नाले मानिसको सबै समस्याहरू हटेर जानेछ । यसका साथै पद, प्रतिष्ठा र सौभाग्य प्राप्त हुन्छ। शुक्रबार राती यो मन्त्रको जप गरेमा चाँडै प्रभाव देखिने जनविश्वास रहेको छ ।

धन प्राप्ति गर्ने कुबेर मंत्र

‘ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः’

कुनै पनि पूजापछि यो मन्त्रको जप गर्नाले भौतिक सुख प्राप्त हुने जनविश्वास रहेको छ । साथै यस मन्त्रको जप गर्नाले व्यक्तिको जीवनमा धन र अन्नको कमी हुँदैन, त्यसैले धन प्राप्तिको लागि कुब्रे देवको मन्त्रको नियमित जप गर्नुपर्छ।

प्रकाशित : , ०, ०१७:५४

यस दिन लाग्दैछ वर्षको अन्तिम सूर्य ग्रहण, कस्तो असर पर्ला जान्नुहोस् !