जनै पूर्णिमासम्म सावधान रहनुहोस् यी राशिका व्यक्ति, पर्नेछ अनेक समस्यामा !

११ अगस्ट २०२२ मा रक्षा बन्धन पर्व मनाइनेछ। त्यसको अघिल्लो दिन अर्थात् अगस्ट १० सम्म मंगल र राहुको संयोग कायम रहनेछ। अगस्ट १० मा मंगल ग्रह आफ्नो राशि परिवर्तन गरी वृष राशिमा सर्नेछ। यस्तो अवस्थामा ४ राशिका व्यक्तिले सजग रहनुपर्छ अन्यथा अनेक बाधा पुग्न सक्छ।

वृष राशि

काममा सावधानी अपनाउनुहोला। व्यापारिक निर्णयहरू बुद्धिमानीपूर्वक लिनुहोस्। यो समय आर्थिक लेनदेन नगर्नु नै राम्रो होला र शत्रुहरूबाट सावधान रहनुहोस्। मंगल तपाईंको राशिको १२ औं घरमा प्रवेश गर्नेछ, जसले तपाईंको स्वास्थ्यलाई बिगार्न सक्छ।

कन्या राशि

अनावश्यक खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। तपाईंको राशिको आठौं घरमा मंगलको गोचर हुने भएकोले स्वास्थ्यको ख्याल गर्नुहोला।

तुला राशि

तपाईंको राशिबाट सातौं घरमा मंगल गोचर हुनेछ, जसका कारण समय मिश्रित रहनेछ। तपाईंले विशेष गरी वैवाहिक जीवन र साझेदारी व्यवसायमा उतार-चढाव देख्न सक्नुहुन्छ। कार्यस्थलमा भारी कामको बोझ र दबाबका कारण मन पनि उदास रहन सक्छ।

वृश्चिक राशि

काम वा व्यवसायमा विवादको सामना गर्नु पर्नेछ। तपाईंको राशिको छैठौं घरमा मंगलको गोचर स्वास्थ्यको लागि शुभ छैन, सावधान रहनुहोस्।

प्रकाशित : , ०, ०१७:२१

भोलि साउन १९ गतेको राशिफल: शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल !