चाणक्य नीति: यी ४ कुरालाई मानिन्छ सुखी वैवाहिक जीवनको कारण !

चाणक्य नीति शास्त्रमा मानव जीवनका हरेक पक्षको राम्ररी व्याख्या गरिएको छ। आचार्य चाणक्यले आफ्नो जीवनका अनुभवहरू मार्फत भविष्य, मित्रता, वैवाहिक जीवन, धन, शिक्षा र व्यापार आदि जस्ता सबै कुराहरूमा प्रकाश पारेका छन्। आचार्य चाणक्यका अनुसार पति पत्नीलाई एकअर्काका पूरक मानिन्छ । दाम्पत्य जीवनलाई सरल र स्नेहपूर्ण बनाउन दुवैतर्फको प्रयास आवश्यक रहेको चाणक्य बताउँछन् । आपसी सद्भाव र प्रेममा आधारित सम्बन्ध मात्र बलियो हुन्छ। त्यसोभए जान्नुहोस् चाणक्य नीति अनुसार सुखी दाम्पत्य जीवनको कारक मानिने ४ कुरा के हुन्…

प्रतिस्पर्धाको भावना नराख्नु
चाणक्य नीतिले पति र पत्नी एकअर्काका सहयात्री हुन्, प्रतिस्पर्धी होइनन् । सुखी दाम्पत्य जीवनका लागि श्रीमान्-श्रीमती दुवैले सँगै हिँड्नु जरुरी छ। जीवनमा दुवैको समस्यालाई प्रतिस्पर्धी बनेर होइन एकअर्काको साथी बनेर समाधान गर्नुपर्छ ।

गोपनीयताको ख्याल राख्नु
आचार्य चाणक्यका अनुसार हरेक सम्बन्धको आफ्नै सीमा हुन्छ । त्यसैगरी श्रीमान्–श्रीमतीबीच केही यस्ता गोप्य कुराहरु हुन्छन् जुन उनीहरुले कुनै पनि तेस्रो व्यक्तिलाई नभन्नु हुँदैन नत्र उनीहरुको आपसी सम्बन्धमा फाटो आउन सक्छ ।

एक-अर्काको आवश्यकता पहिचान गर्नु
आचार्य चाणक्यका अनुसार पति/पत्नी दुवैले एकअर्काको आवश्यकता पूरा गर्न सक्षम हुनुपर्छ । सुखी दाम्पत्य जीवनका लागि हामीले एकअर्काको भावनालाई सम्मान र समर्थन गर्नुपर्छ।

धैर्यवान हुनु
आचार्य चाणक्यका अनुसार यदि तपाई आफ्नो वैवाहिक जीवन सफल बनाउन चाहनुहुन्छ भने पति पत्नीले हरेक मामिलामा धैर्य राख्नुपर्छ किनभने कहिलेकाहीँ प्रतिकूल परिस्थितिले तपाईको सम्बन्धमा फाटो ल्याउँ सक्छ ।

प्रकाशित : , ०, ०१६:४६

जन्मजात नै राजयोगको सुख लिएर जन्मेका हुन्छन् यी ३ राशिका व्यक्ति, कुन-कुन राशि ?