ज्योतिषशास्त्रका अनुसार माता लक्ष्मीका यी मन्त्रको जप गर्नाले आर्थिक समस्याबाट मिल्छ छुटकार !

धनधान्यकी देवी लक्ष्मीको कृपा प्राप्त गर्न मानिसहरु अनेक उपाय गर्छन् । कोही शुक्रबार व्रत बस्छन् भने कोही बिहान बेलुका लक्ष्मीको पूजा गर्छन् । भनिन्छ, जसमाथि माता लक्ष्मीको आशीर्वाद हुन्छ, उनीहरूलाई जीवनभर आर्थिक समस्याको सामना गर्नुपर्दैन। वास्तवमा हिन्दू धर्ममा माता लक्ष्मीलाई धनकी देवी मानिन्छ। त्यसैले धन प्राप्तिका लागि माता लक्ष्मीको पूजाको विशेष महत्व छ । देवी लक्ष्मीलाई प्रसन्न गर्ने एउटा उपाय उनको मन्त्र जप गर्नु हो। यहाँ तपाईंले देवी लक्ष्मीका ३ सबैभन्दा प्रभावकारी मन्त्रहरू थाहा पाउनुहुनेछ, जसको जप गर्दा सबै प्रकारका समस्याहरूबाट मुक्ति मिल्ने विश्वास गरिन्छ।

माता लक्ष्मीको बिज मन्त्र  “ॐ ह्रीं श्रीं लक्ष्मीभ्यो नम”

मन्त्रको जप गर्नाले आत्मबल बढ्छ र व्यक्तिको आर्थिक समस्याको अन्त्य हुन्छ भन्ने विश्वास छ । यो मन्त्रले देवी लक्ष्मी निकै प्रसन्‍न हुने मान्यता रहेको छ। यस बीज मन्त्रको अर्थ यो हो कि हे परमपिता परमात्मा, हे महामाया, हे माता लक्ष्मी, मेरो दुःखलाई परास्त गरेर मलाई समृद्धि दिनुहोस्।

लक्ष्मी गायत्री मन्त्र “ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्म्ये नम:”

यो मन्त्रको जप गर्नाले जीवनका सबै दुःख मेटिने जनविश्वास छ । यो मन्त्रको निरन्तर जप गर्ने व्यक्तिको जीवनमा सकारात्मकता आउँछ र माता लक्ष्मी चाँडै प्रसन्न भई आफ्नो कृपा बरसाउन थाल्छिन् भनिन्छ ।

हालक्ष्मी मन्त्र  “ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्म्ये नम:”

यी मन्त्रहरू माता लक्ष्मीको कृपा प्राप्त गर्नका लागि धेरै प्रभावकारी मानिन्छन्। यदि तपाईमा ऋणको बोझ धेरै बढेको छ भने तपाईले यो मन्त्रको जप गर्नुपर्छ । कमलगट्टेको मालाले यो मन्त्रको दैनिक जप गरेमा सबै प्रकारका ऋणबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

प्रकाशित : , ०, ०१७:१६

हरेक संकटबाट मुक्ति मिल्छ, साउन महिना गरिएका यस्ता उपायबाट !