हरेक संकटबाट मुक्ति मिल्छ, साउन महिना गरिएका यस्ता उपायबाट !

भगवान शिवको प्रिय साउन महिनालाई निकै शुभ मानिन्छ । साउन महिनामा वास्तुसँग सम्बन्धित केही उपाय गर्नाले परिवारमा सकारात्मक ऊर्जाको प्रवाह हुने मान्यता रहेको छ । यस महिनामा भगवान शिव र माता पार्वतीको साँचो मनले पूजा गर्नाले भक्तजनको मनोकामना पूरा हुने मान्यता रहेको छ । साउन महिनामा वास्तुमा उल्लेख गरिएका यी उपायहरू गर्नाले स्वास्थ्य, कार्यस्थल र पारिवारिक जीवनमा सुखद फल प्राप्त हुन्छ।

साउन महिनामा आफ्नो घरमा दिनहुँ गंगाजल छर्कनुहोस्। साउन महिनामा रुद्राक्ष धारण गर्नु शुभ मानिन्छ । साउन महिनामा रुद्राक्ष धारण गर्नाले सौभाग्य प्राप्त हुन्छ । साउन महिनामा घरमा तुलसीको बिरुवा लगाउनुहोस् । विशेष गरेर उत्तर दिशामा तुलसीको बोट रोप्नुहोस्। साउन महिनामा भगवानको अर्धनारीश्वर स्वरूपको पूजा गर्नाले दाम्पत्य जीवनमा प्रेम बढ्छ । साउन महिनाको प्रत्येक सोमबार भगवान शिवको स्मरण गरी व्रत बस्ने गर्नुहोस् । साउन महिनामा तामसिक भोजनबाट टाढा रहनुहोस्।

यस महिनामा हरेक दिन शिवलिंगमा जलमा सुद्ध घिउ मिसाएर चढाउनुहोस्। यसो गर्नाले शारीरिक रोगहरु हट्छन् । साउन महिनामा गहुँ दान गर्नाले घरपरिवारमा स्नेह कायम रहन्छ । साउन महिनाको सोमबार भगवान शिवलाई वस्त्र अर्पण गर्नुहोस्। कपडाको माथि अक्षता राखेर अर्पण गर्दा माता लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ। भगवान शिवलाई गंगाजलले अभिषेक गर्नुहोस्। यसो गर्नाले भोलेनाथ चाँडै प्रसन्न हुन्छन्। साउन महिनाको सोमबार घरको पूर्व दिशामा कुनामा रुद्राभिषेक गर्नुहोस्।

प्रकाशित : , ०, ०१७:५१

साउनको दोस्रो मङ्गलबार विशेष हुने, भगवान शिवको साथ हनुमानको पनि हुनेछ विशेष कृपा !