आज बुधाष्टमीको दिन यी उपाय गर्नाले बुध ग्रहले दिनेछ शुभ फल, व्यापारमा हुनेछ उन्नति !

ज्योतिषशास्त्रका अनुसार ९ ग्रहले मानिसको जीवनमा कुनै न कुनै रूपमा प्रभाव पार्छ । त्यसैगरी बुधबार बुध ग्रहलाई पूजा-आराधनाको लागि उत्तम मानिन्छ । बुधलाई ग्रहहरूको राजकुमार भनिन्छ। यदि कसैको कुण्डलीमा बुध ग्रह कमजोर स्थितिमा छ वा बुध दोष छ भने उसको लागि बुधाष्टमीको दिन विशेष हुन्छ । यस वर्ष यो संयोग आज अर्थात् जुलाई २०  तारिकमा परेको छ । आउनुहोस् बुधाष्टमीका दिन अपनाउनु पर्ने उपायहरु बारे जान्नुहोस् ।

बुधाष्टमीका दिन स्नान गरेर हरियो वस्त्र लगाएर शान्त ठाउँमा बसेर १७, ५ वा ३ मालामा ‘ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय नम:’ मन्त्रको जप गर्नुहोस्। दिनभर व्रत बस्ने र साँझ नुन बिनाको खाना खाने । सम्भव भएमा यस दिन हरियो मुगको दाल वा यससँग सम्बन्धित चीजहरू मात्र खानुहोस्। खाना खानुअघि चरणामृत वा गंगाजलसँग तुलसीको पात लिनुहोस्। यस दिन व्रत राख्ने हो भने ज्ञान, धन आदिको प्राप्ति हुन्छ । यसका साथसाथै व्यापारमा प्रगति हुनुका साथै बुध दोषबाट मुक्ति मिल्नेछ।

ज्योतिषशास्त्रका अनुसार व्यक्तिको कुण्डलीमा बुध ग्रह अशुभ स्पिथिमा रहेरमा बुधाष्टमीको शुभ योगमा गाईलाई हरियो चारा खुवाउनुपर्छ । यस दिन तामाको टुक्रामा प्वाल बनाएर नदीमा बगाउँदा लाभ मिल्नेछ । ज्योतिषीको सल्लाह लिएर यस दिन शुभ योगमा पन्ना धारण गर्न सक्नुहुन्छ। ज्योतिषीको सल्लाह लिएर यस दिन शुभ योगमा पन्ना धारण गर्न सक्नुहुन्छ।

प्रकाशित : , ०, ०१६:१५

ज्योतिषशास्त्रका अनुसार माता लक्ष्मीका यी मन्त्रको जप गर्नाले आर्थिक समस्याबाट मिल्छ छुटकार !