भोलि मंगलबार गरेका यी उपायले हुनेछ भाग्योदय, मिल्नेछ राम भक्त हनुमानको विशेष कृपा !

हरेक दिन कुनै न कुनै देवताको नाममा समर्पित हुने गर्दछ । मंगलबार हनुमानको नाममा समर्पित गरिन्छ । यस दिन विधिपूर्वक पूजा गर्नाले व्यक्तिको जीवनमा शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ । ज्योतिषशास्त्रका अनुसार मंगलबार केही उपाय अपनाएमा व्यक्तिको कुण्डलीमा मंगल ग्रहको स्थिति बलवान हुन्छ । बलियो मंगल ग्रहले व्यक्तिको साहस र शक्ति बढाउँछ।

मानिसको जीवनमा मंगल ग्रह बलियो भएमा व्यक्तिलाई भूमि सुख प्राप्त हुने जनविश्वास रहेको छ । साथै, जीवनबाट भय  कम हुन्छ । रातो किताबमा मंगलबारको बारेमा केही उपायहरू बताइएका छन्। ती उपायको पालना गर्नाले मानिसको जीवनका सबै समस्याहरु हट्छन् । मंगलबारको दिन गर्नुहोस् यस्ता उपाय ….

ज्योतिष शास्त्रका अनुसार मंगलबार साँचो मन र पूर्ण भक्तिले हनुमानको पूजा गर्नाले व्यक्तिको दुःख-कष्ट नाश हुन्छ। रातो किताबमा उल्लेखित उपाय अनुसार हनुमान जीलाई रातो फूल, रातो फल, रातो चन्दन, रातो रंगको वस्त्र र कुनै पनि रातो मिठाई चढाउनुहोस्। यसो गर्नाले व्यक्तिको सबै मनोकामना पूरा हुन्छ।

मंगलबारको दिन कुनै पनि हनुमान मन्दिरमा हनुमानजीलाई सिन्दूर, सखर, चमेलीको तेल, नरिवल, पान र चना चढाउनुपर्छ। साथै यस दिन सखर आफैँ पनि खानुहोस् र अरूलाई बाँडिदिनुहोस्। रातो किताबका अनुसार यदि तपाईको कुण्डलीमा मंगल ग्रह बलियो बनाउन चाहनुहुन्छ भने मंगलबार पानीमा सखर र तिल प्रवाह गर्नुहोस् । यसो गर्नाले व्यक्तिको शक्ति बढ्छ।

यदि कुनै व्यक्तिको कुण्डलीमा मंगल ग्रहको अशुभ प्रभाव परिरहेको छ भने त्यस व्यक्तिको आँखामा सेतो सुरमा लगाउनु उपयुक्त मानिन्छ । यदि तपाई चाहनुहुन्छ भने, तपाईं कालो सुरमा पनि लगाउन सक्नुहुन्छ। यसो गर्नाले व्यक्तिले चाँडै शुभ फल प्राप्त गर्न थाल्छ।

प्रकाशित : , ०, ०१७:५४

जनावरको जस्तै हुन्छ यस्ता व्यक्तिको जीवन, जसले गर्दैनन् यी ३ काम !