काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले सडकमा आएर आन्दोलन गर्दैमा सरकार पछाडी नहट्ने बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म सरकार परिवर्तन हुने र संविधान नमानेर व्यवस्था उल्ट्याउने सपना नदेख्न चुनौती दिएका हुन् ।
‘प्रधानमन्त्री लगलग कामिरख्या छन् , पद जाने भो भनेर , पद नगएको मैले दुनियाँमा कोही देखेको छैन अहिलेसम्म, राजा–महाराजा, सम्राट वादशाह , जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ,आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन , निर्वाचन सम्म धैर्य गर्न आग्रह गर्छु’, प्रधानमन्त्री ओलीले भने ।
सरकार परिवर्तन हुने सपना नदेख्न चुनौती दिँदै उनले भने अहिलेको सरकार लगलग काँप्यो भन्ने, यस्तो दिवास्वप्न कसैले नदेखे हुन्थ्यो,’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार ठु-ठुला चुनौतीको समाना गरेर अघि बढेको बताउदै सरकार अधिनायकवादतर्फ गयो भन्दा जनताले नपत्याउने भएकाले त्यस्ता कुरा नगर्न समेत आग्रह गरे।