विदुर नीति: निकै शौभयशाली मानिन्छ यस्ता व्यक्ति, जसको साथमा हुन्छ यी ५ चिज !

विदुर-नीति वास्तवमा महाभारतको युद्द पुर्व परिणामलाई लिएर हस्तिनापुरका महाराज धृतराष्ट्र र उनका महासचिव विदुर बिचको संवाद हो, जो विदुर धेरै बुद्धिमान् थिए, उहाँलाई थाहा थियो कि युद्ध विनाशकारी हुनेछ। जसको बारेमा उनले महाराज धृतराष्ट्रलाई पहिल्यै जानकारी दिएका थिए । महाराज धृतराष्ट्र र महात्मा विदुर बिचको संवाद आज विदुर नीतिका रूपमा प्रसिद्ध छ । विदुरले आफ्नो नीतिहरूमा मानव समाजको कल्याणसँग सम्बन्धित धेरै कुराहरू बताएका छन् । आज हामी यस पोस्ट मार्फत विदुर नीतिको बारेमा जान्नेछौं जसमा उनले ५ यस्ता कुरा बताएका छन् जुन भाग्यशाली व्यक्तिहरूको निशान हो।

विदुर नीति भन्छन् कि मिठो स्वरमा बोल्नेलाई भाग्यको साथ सधै मिल्छ । किनकि यस्तो व्यक्तिले सजिलै कसैको मन जित्न सक्छ । त्यस्ता व्यक्तिको सर्वत्र इज्जत हुन्छ। जसका सन्तान आज्ञाकारी हुन्छन्, उनको जीवन सुखले भरिएको हुन्छ। किनकि यस्तो सन्तानले आमाबाबुको नाम उच्च राख्छन्। अन्तत: त्यस्ता आमाबाबु भाग्यमानी हुन्छन् जसको सन्तान आज्ञाकारी हुन्छन् ।

जो मानिस रोगमुक्त हुन्छ त्यो भन्दा भाग्यमानी अरु कोही हुन सक्दैन  । किनभने एक स्वस्थ व्यक्तिले आफ्नो सबै कामहरू ठिकसँग गर्न र आफ्नो जीवनमा सबै सुखहरू प्राप्त गर्न सक्षम हुन्छ। जसको साथमा ज्ञान छ, त्यो पनि भाग्यमानी मानिस अरु कोही हुन् सक्दैन। किनकि ज्ञान यस्तो चिज हो जसलाई न कसैले खोस्न सक्छ न त यो कुराको अन्त्य नै हुन्छ। हरेक कठिन समयमा ज्ञानले साथ दिन्छ, साथै यसलाई आम्दानीको सबैभन्दा ठूलो स्रोत पनि मानिन्छ।

जुन घरमा असल आचरण भएको नारी बस्छ, त्यही घरका मानिसहरू सधैँ उन्नति गर्छन्। असल आचरण भएकी नारी माता लक्ष्मी जस्तै हुन् । जसले आफ्नो परिवारमा मात्र खुसी फैलाउँछ।

प्रकाशित : , ०, ०११:४२

चाणक्य नीति: जीवन बरबाद पारिदिन्छन् यस्ता महिलाले, जान्नुहोस् कारण अन्यथा पछुताउनु पर्नेछ !