सपना शास्त्रका अनुसार सपनामा औअने घटनाले व्यक्तिको जीवनमा आउने समयको संकेत गर्दछ । सपनाले जीवनमा आउने राम्रो वा नराम्रो समयको बारेमा बताउँछ । आज हामी यस्ता सपनाको बारेमा बताउने छौँ जसलाई देख्नु शुभ मानिन्छ । सपनामा यी ५ कुरा देखिएमा यस्ता सपनालाई सौभाग्यको सूचक मानिन्छ ।
मृत व्यक्ति- यदि कुनै व्यक्तिले सपनामा मृत व्यक्ति वा शव देखेमा यसको अर्थले भविष्यमा लाभ प्राप्त हुने संकेत गर्दछ।
रुख- सपना शास्त्रका अनुसार सपनामा रुख देख्नु निकै शुभ मानिन्छ । यो अचानक मौद्रिक लाभको एक संकेत मानिन्छ। सपनामा हरियो रुख देख्नुभयो वा रूखबाट फल टिप्दै गरेको देख्नु भयो भने पैतृक सम्पत्ति प्राप्त हुनेछ ।
आफूलाई पानीमा लडेको देख्नु- सपनामा आफूलाई पानीमा लडेको देख्नु पनि शुभ मानिन्छ। यदि तपाइँको पनि यस्तो सपना देख्नु भएको छ भने, यसको मतलब यो हो कि तपाइ व्यापारमा राम्रो नाफा कमाउन सक्नुहुन्छ।
सपनामा कुवा- इनारबाट पानी निकालेको देख्नु– सपनामा आफूले कुवा- इनारबाट पानी निकालेको देख्नु पनि शुभ सपनामा पर्दछ । यदि कसैले यस्तो सपना देख्यो भने, यसको मतलब यो हो कि तपाईसँग जति पैसा छ, त्यो इमानदारीपूर्वक कमाइएको छ।
कपडा- ज्योतिष शास्त्रका अनुसार सपनामा आफूलाई नयाँ लुगा लगाएको देख्नु उज्ज्वल भविष्यको संकेत हो। साथै आफूले लुगा सुकाएको देख्नु व्यक्तिको परिवर्तनको संकेत मानिन्छ।