हिन्दू धर्म शास्त्रहरूमा सात बारलाई विभिन्न देवी-देवताहरूलाई समर्पित मानिएको छ। त्यसै गरी देवताहरूमध्ये पहिलो पूजा गरिने गणेश र दुर्गा माताको पूजाआजाका लागि बुधबारको विशेष महत्व रहेको छ । धार्मिक मान्यता अनुसार बुधवार विधिपूर्वक भगवान गणेश र माता दुर्गाको पूजा गर्ने व्यक्तिले जीवनमा आर्थिक पारिवारिक समस्याबाट मुक्तिका साथै करियरमा उन्नति गर्ने मान्य रहेको छ ।
त्यस्तै ज्योतिष शास्त्रमा पनि बुधवारका दिन दुई वस्तु दान गर्नु निकै महत्वपूर्ण रहेको बताइएको छ । जसको फल स्वरूप भगवान गणेश प्रसन्न हुन्छन् र कुण्डलीमा कम्जोर रहेको बुध ग्रहको स्थिति बलियो हुन्छ । जान्नुहोस् बुधवार कुन दुई चीज दान गर्नु शुभ मानिन्छ।
मुंगको दाल
ज्योतिषशास्त्र अनुसार बुधबार मुंगको दाल दान गर्नु उत्तम मानिन्छ । यो उपाय गर्नको लागि केही हरियो मुंगको दाल पानीमा उमालेर घ्यू र चिनी मिसाएर गाईलाई खुवाउनुपर्छ । यसपछि गाईको परिक्रमा गरेपछि माता लक्ष्मीको रुप गाईको खुट्टा छुनुहोस्। त्यसपछि आफ्नो इच्छा सम्झनुहोस्। यो उपाय गर्नाले देवताहरू प्रसन्न हुने र घरमा लक्ष्मीको वास हुने जनविश्वास छ ।
तेस्रो लिङ्गीलाई आर्थिक सहयोग गर्नुहोस्
बुधबार तेस्रो लिङ्गीलाई केही पैसा र मेक:अप सामग्री दान गर्नु पनि धेरै शुभ मानिन्छ। तर यो उपाय तब मात्र प्रभावकारी मानिन्छ जब तेस्रो लिङ्गीलाई पैसा दिएपछि एक वा दुई वटा सिक्का फिर्ता लिएर ती सिक्का आफ्नो पैसा राख्ने स्थानमा राख्नुहोस्। ज्योतिष विज्ञहरूका अनुसार यस उपायले कुण्डलीमा बुध ग्रहको स्थितिलाई बलियो बनाउँछ र व्यक्तिको धन र व्यापारमा प्रगति हुन्छ।