पति-पत्नीबिच माया र सम्मान हुँदा मात्र परिवार सुखी रहन सक्छ । यो सम्बन्धलाई कायम राख्नको लागि विश्वास र एक अर्काको निःशर्त समर्थन धेरै महत्त्वपूर्ण हुने गर्दछ । तर परिवारलाई सुखी, सुसंस्कृत र समृद्ध बनाउन महिलाको ठूलो योगदान हुन्छ । घरकी नारीमा यस्ता विशेष कुरा भए घर स्वर्गजस्तै हुन्छ, त्यसैले पत्नीलाई लक्ष्मीको रूप भनिन्छ । चाणक्य नीतिमा नारीका केही यस्ता विशेषताहरुको बारेमा बताइएको छ, जसमा पतिको गुमेको भाग्यलाई जगाउने गर्दछ ।
यस्ता पत्नीले पतिको भाग्य चम्काउँछन्
सुसंस्कृत र शिक्षित नारी : एउटी नारी शिक्षित, संस्कारी भएमा सम्पूर्ण परिवारको रेखदेख हुन्छ । यस्तो परिवारको नयाँ पुस्ता पनि संस्कारी र सभ्य हुन्छ । संस्कारी महिलाले मात्र आफ्ना सन्तानलाई राम्रो संस्कार दिन सक्छिन् । यदि नारी धार्मिक छिन् भने सुनमा सुगन्ध भने जस्तै हो । एक पवित्र महिलाले सम्पूर्ण परिवारको लागि राम्रो भाग्य ल्याउन सक्छिन्।
शान्त स्वभावकी महिला : हरेक व्यक्तिले रिस उठ्ने र झगडा गर्नबाट जोगिनुपर्छ । तर विशेष गरी श्रीमती शान्त स्वभावकी भए घरमा सधैँ सुख शान्ति रहन्छ । शान्त र हर्षित स्वभावकी महिलाले घरलाई सकारात्मकताले भर्छिन्। उनी सबैलाई माया र सम्मान दिन्छिन्। यस्तो महिलासँग विवाह गर्ने व्यक्ति धेरै भाग्यशाली हुन्छ।
धैर्य वान र समझदार : जीवनमा राम्रो र नराम्रो दुवै समय आउँछन्, तर यदि पत्नी धैर्य वान र बुद्धिमानी छ भने, उनले आफ्नो पतिको कठिनाइमा साथ मात्र होइन उसलाई प्रोत्साहन दिएर, उसलाई समस्याहरूबाट बाहिर निकाल्न सहयोग गर्न सक्छिन् ।