शुक्रबारको दिन माता लक्ष्मीलाई प्रसन्न गर्ने व्यक्तिलाई उहाँको आशीर्वाद प्राप्त हुनुको साथै व्यक्तिले जीवनमा धन, भोजन, वैभव, सुख र समृद्धि प्राप्त गर्दछ। आज माता लक्ष्मीको आशीर्वाद पाउनको लागि विशेष दिन हो। आज आषाढ महिनाको योगिनी एकादशी पनि हो । यस दिन विधिपूर्वक लक्ष्मी-नारायणको पूजा गर्नाले भक्तहरूले भगवान विष्णुका साथै माता लक्ष्मीको कृपा प्राप्त गर्छन्।
आज शुक्रबार देवी लक्ष्मीको विभिन्न रुपको पूजा–आराधना गर्नाले व्यक्तिको जिवनका उद्देश्य पूरा हुने गर्दछ । यस दिन लक्ष्मीका आठ रूपको पूजा गर्न अष्टलक्ष्मी स्तोत्रको जप गर्नुपर्ने जनविश्वास छ । यसबाट व्यक्तिलाई धन, भोजन, सन्तान, धैर्य, विजय, विद्या आदि प्राप्त हुन्छ। ज्योतिषशास्त्रका अनुसार अष्टलक्ष्मी स्तोत्र एक प्रकारले देवी लक्ष्मीको महामन्त्र हो । यो पनि नियमित गर्न सकिन्छ। आउनुहोस् जानौं माताको अष्टलक्ष्मी स्तोत्रको पाठ।
अष्टलक्ष्मी स्तोत्र पाठन विधि
ज्योतिषशास्त्रका अनुसार माता लक्ष्मीको यो स्तोत्र पाठ गर्नको लागि मातालाई कमल फूल, गुलाफ फूल, सिन्दुर, कमल गुट्टा, अक्षत, कुमकुम, नरिवल आदि चढाउनुपर्छ । यसपछि माता लक्ष्मीलाई खीर, सेतो बर्फी वा दूधबाट बनेको वस्तु चढाउनुहोस्। यसपछि अष्टलक्ष्मी स्तोत्र सुरु गर्नुहोस्। समापनपछि घिउको दियो र कपूरले माताको आरती गर्नुहोस्। अनि माता लक्ष्मीलाई आफ्नो मनोकामना पूरा होस् भन्ने कामना गर्नुहोस ।