१७ बर्षमा १ सय ९२ पटक ट्रायल फेल भएर एक व्यक्तिले बनाए नयाँ रेकर्ड!

पोल्याण्डको एक ५७ बर्षको व्यक्त्ति बिगत १७ बर्ष देखि ट्रायल पास गर्ने प्रयासमा रहेको छन् । तर उनको हर प्रयास असफलतामा परिणत भईहेको छ।

यी व्यक्तिले बिगत १७ बर्षमा अहिलेसम्म १९२ पटक ट्रायल दिइसकेका छन् । उनले उनको देशमा एक नयाँ रेकर्ड बनाइसकेका छन् । यतिका बर्षदेखि ट्रायल पास गर्न प्रयासरत यी व्यक्तिले ट्रायलको लागि अहिलेसम्म १ लाख भन्दा बढी रकम बुझाईसकेका छन् ।

पोल्याण्डमा ड्राइभिंग लाइसेन्स प्राप्त गर्नको लागि लिखित तथा प्रयोगात्मक परिक्षा दुबै पास गर्नुपर्ने हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यस परिक्षामा व्यक्त्तिले धेरै पटक भाग लिन पनि पाउछ । यसमा लिखितमा ६० अंक र प्रयोगात्मकमा ४० अंक ल्याउनु पर्ने हुन्छ । पोल्याण्डको प्राय: मानिसहरु यस परिक्षालाइ दोस्रो तथा तेस्रो पटकमा पास गरेका हुन्छन् । तर टिभी रिपोर्टको अनुसार यस व्यक्तिले ड्राइभिंग लाइसेन्स  प्राप्त गर्नको लागि  अहिले सम्म ११३ पटक प्रयास गरिसकेका छन् । त्यस्तै  अर्को एक व्यक्तिले पनि ड्राइभिंग लाइसेन्स प्राप्त गर्नको लागि ४० पटक ट्रायल दिएको छन् ।

यस्ता घटना बाहिर आएपछि पोल्याण्ड प्रशासनले यस बिषयमा बिचार गरिरहेको छ । कुनै व्यक्तिलाइ ड्राइभिंग टेस्ट पास गर्नेको लागी उसलाई असिमित मौका दिनुपर्छ । कुनै व्यक्ति ड्राइभिंग पास छैन भने उसलाई रोड निक्लिन मनाहि छ । किनकी त्यस्तो व्यक्ति अन्य मानिसहरुको लागि खतरा बन्न सक्छ ।

यस भन्दा पहिले ब्रिटिशको मिडिया रिपोर्ट अनुसार एक ४२ बर्षको व्यक्तिले १५८ पटकमा पास गरेका थिए । त्यस्तै दक्षिण कोरियाको एक महिलाले ९५० पटकको प्रयासपछि सफलता प्राप्त गरेको थिइन् ।

प्रकाशित : , ०, ०१५:१५

अनुहारमा भएको पुराना दाग, धब्बाहरु हटाईदिन्छ कागतीको रसले, गर्नुहोस यसरी प्रयोग!