मानिसहरु आफ्नो घरलाइ आकर्षक बनाउन विभिन्न मुर्ति राख्ने गर्दछन । साथै विभिन्न जनावर तथा भगवानको मुर्ति राख्न रुचाउछन् । के तपाइलाइ थाह छ घरमा बिभिन्न मुर्ति राख्नु सजावटको लागि मात्र नभई वास्तु दोषको लागि हुने गर्दछ । त्यस्तै वास्तु अनुसार गलत मुर्ति पर्न गयो भने त्यसले परिवार सहित परिवारको सदस्यमा नकारात्मक असर पर्दछ । थाहापाउनुहोस वास्तुअनुसार घरमा कस्तो मुर्ति राख्नु शुभ मानिन्छ ।
हात्ती
घरमा हातिको मुर्ती राख्नु ऐश्वर्यको प्रतीक मानिन्छ। यस कारणले गर्दा घरमा हात्तिको चादी तथा पितलको मुर्ति राख्नु शुभ मानिन्छ । वास्तु शास्त्रअनुसार बेडरूममा चाँदीको हात्ती मूर्ति राख्नाले राहुसँग सम्बन्धित सबै दोष हट्नेछ । घरमा हात्तिको मुर्ति तथा तस्बिर राख्नाले घरमा सकारात्मकता उत्पादन गर्दछ र धन वृद्धि हुन्छ ।
हास
घरको पाहुना कोठामा जोडी हासको मुर्ति राख्नाले आर्थिक लाभ हुनेछ । त्यस्तै घरमा हात्तीको मुर्ति राख्नाले वैवाहिक दम्पतिको प्रेम सम्बन्ध प्रगाड हुनेछ ।
कछुवा
कछुवालाइ भगवान बिष्णुको रुप मानिन्छ । भनिन्छ कछुवाको मुर्ति जुन घरमा राखिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ । कछुवाको मुर्ति घरमा राख्नाले सकारात्मक उर्जा आउछ ।
गाई
घरमा गाइको पितलको मुर्ति राख्नाले सन्तान सुख मिल्ने छ । यसको साथै नाकरात्मकता हराएर जान्छ । घरमा गाईको मुर्ति राख्नाले पढाईमा एकाग्रता हुन्छ ।
ऊँट
घरमा ऊँटको मुर्ति राख्नु एकदमै शुभ मानिन्छ । बैठक कोठामा उत्तर पश्चिम पारेर ऊँटको मुर्ति राख्नाले व्यवसायमा सफलता मिल्दछ । घरमा ऊँटको मुर्ति राख्नाले एकाग्रता बढ्छ र तनाव कम हुन्छ।