बुटवल, वैशाख २१ गते । सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ । भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना सार्वजनिक भएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले यस्तो प्रवृत्ति रोक्न प्रदेश सरकार कडाइसाथ अघि बढेको बताउनुभयो । उहाँको भनाइअनुसार, यसबारे सीमाक्षेत्रका पालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।
गाई–बाख्रा चराउने बहानामा प्रवेश
भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा सिल गरिए पनि अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । रूपन्देही जिल्लास्थित नेपाल–भारतको खुला सीमानाकामा रोहिणी, डन्डा, कोठी, दानव नदी तरेर तथा गाई(बाख्रा चराउने बहानामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ ।
गत बुधबारमात्रै भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेले गैँडहवा एकान्तवास (क्वारेन्टाइन)मा पु¥याएको गैँडहवा गाउँपालिकाका स्वास्थ्य सीमानाकामा सुरक्षा सतर्कता बढाउँदाबढाउँदै पनि अपवादका रूपमा केही व्यक्ति नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायव उपरीक्षक निरंकार शुक्लाले बताउनुभयो ।
सबैको स्वाब सङ्कलन सुरु
नेपालगन्ज समाचारदाताका अनुसार नेपालगन्जमा शुक्रबार भेटिएका कोरोना भाइरसका सङ्क्रमित ६० वर्षीय व्यक्तिको परिवार र उनको सम्पर्कमा आएका सबैको नाम ठेगाना पत्ता लगाएर कोरोना परीक्षण गर्ने प्रक्रिया सुरु गरिएको छ । सोक्रममा सङ्क्रमितका परिवार, आफन्त नातागोता र सम्पर्कमा आएका सबैको स्वाब सङ्कलन शनिबार बिहानैदेखि सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यसैबीच शुक्रबार शङ्कास्पद रिपोर्ट आएका दोस्रो पुरुषको स्वाब पुनः सङ्कलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।