भर्खरै गयो भुकम्पको कडा धक्का,!

काठमाडौँ, भर्खरै काठमाडौँ, गण्डकी प्रदेशका पोखरा लगायत अन्य भागमा  भुकम्प  गएको छ ।

कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको हो  । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिएका छन् । उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताए ।

भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

जी विद्यालय सञ्चालनको समय सार्न पहल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गर्नुभएको हो । हाल सामान्यत ः बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म निजी विद्यालय सञ्चालन हुँदै आएको छ । छलफलमा सहभागी निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले सरकारको प्रस्तावमा बारेमा थप छलफल गरिने उल्लेख गर्दै सामुदायिक विद्यालयसहित सबै विद्यालयलाई एकै तालिकामा सञ्चालनको नीति ल्याइए उचित हुने बताउनुभयो ।

काठमाडौँ उपत्यकाका कतिपय ठूला मानिएका निजी विद्यालयले टाढाटाढा विद्यार्थीलाई पनि आकर्षित गरी बसबाट ल्याउने लाने गर्न थालेपछि कार्यालय जाने र फर्कने समयमा यहाँको ट्राफिक व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । सरकारको नयाँ प्रस्तावले विद्यालयहरुले आफ्नो नजीकको क्षेत्रका विद्यार्थीलाई मात्र पढाउन बाध्य हुन सक्ने ठानिएको छ । राष्ट्रिय शिक्षा नीति, २०७६ मा विद्यालय जोनिङ (क्षेत्र) को प्रबन्ध पनि गरिएको छ ।

प्रकाशित : , ०, ०१५:१४

दुवै मिर्गौला फेल भएकी सुस्मिताको याचना – ‘सहयोग गरेर मलाई बचाइदिनुस्’