आज चैत्र ३ गते सोमबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सरकार- विरोधीकार्यबाट सकेसम्म टाढा रहनुहोला । दुर्घटनाबाट पनि बच्नुहोला । बाहिरको खाना-पानले स्वास्थ्य बिग्रिन सक्ला । कार्य समयानुसार पूर्ण हुनेछैन । व्यवसायमा सम्हालेर हिड्नुहोला। सन्तानसँग  मतभेद उपस्थित होला । महत्वपूर्ण निर्णयलाई नलिनुहोला ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईलाई  रुचिकर मित्र र आफन्तसँग घुम्नाले आनन्द र उल्लास प्राप्त हुनेछ । सुन्दर  वस्त्राभूषण र भोजनको अवसर प्राप्त हुनेछ  , तर मध्यान्नपछि स्वास्थ्यलाई सम्हाल्नुहोला । खर्च अधिक हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवारको  वातावरण उल्लासमय रहनेछ । शारीरिक स्फूर्ति र मानसिक प्रसन्नताको  अनुभव हुनेछ । तपाईको अपूर्ण कार्य पूर्ण हुनाले आनन्द अनुभव हुनेछ । व्यवसायिक स्थलमा  वातावरण अनुकूल रहनेछ । आर्थिक रूपबाट  लाभ होला । मध्यान्नपछि मनोरंजन तपाईको मनमा छाईरहनेछ । मित्र एवं  आफन्स्वतसँग घुम्नु हुनेछ । मान र सम्मान प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भविष्यको लागि आर्थिक योजना बनाउनु हुनेछ । एकाग्रतापूर्वक कार्य गर्नाले  कार्यमा  सफलता अवश्य मिल्नेछ । कसैसँग  वाद-विवाद नटाल्नुहोला । विधार्थीको लागि  समय अनुकूल रहेको छ । पारिवारिक वातावरणमा शान्ति बनिरहनेछ । शारीरिक र मानसिकरुपबाट स्फूर्ति र प्रसन्नताको  अनुभव गर्नुहुनेछ । तपाईको अधुरो कार्य पूर्ण हुनेछ । व्यवसायिक क्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

शारीरिक र मानसिक रूपबाट अस्वस्थ रहनुहुनेछ । आमाको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । आर्थिक रूपबाट हानि हुन् सक्ला । मध्यान्नपछि आर्थिक योजनामा विचार गर्न सक्नुहुन्छ । परिश्रमको  अनुरूप परिणाम मिल्नेछ । विद्यार्थीको  कार्यमा  सफलता प्राप्त  हुनेछ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

गूढ रहस्य र आध्यात्मिकता  प्रति तपाईको  आकर्षण अधिक रहनेछ  । आर्थिक रूपबाट लाभ होला । नयाँ  कार्यको प्रारम्भ गर्नको लागि समय शुभ रहेको छ । तपाईको  विरोधि प्रति  विजय प्राप्त गर्नुहुनेछ ।  मानसिक र शारीरिक रुपबाट  व्यग्रताको  अनुभव गर्नुहुनेछ । आमाको स्वास्थ्य बिग्रिन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मानसिकरुपबाट  ग्लानिको  भाव रहनेछ । परिवारसँग केहि  मर्यादापूर्वक चरित्र गर्नुहोला । धर्मकार्यमा खर्च होला। मध्यान्नपछि तपाईको प्रसन्नता कम हुनेछ । आर्थिक रूपबाट  लाभ होला । भाग्यवृद्धिको  संकेत रहेको छ  । कार्यमा  सफलता प्राप्त हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । परिवारको वातावरण हर्षोल्लासपूर्ण रहनेछ । प्रेमी र मित्रसँग मिल्ने प्रसंग रहनेछ  । मध्यान्नपछि  नकारात्मक विचारले तपाईलाई समस्यामा लानेछ । धार्मिक कार्यमा खर्च हुनेछ । विधार्थीलाई विधार्थीमा अड्चन आउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

बोलि र चरित्रमा ध्यान राख्नुहोला । शारीरिक र मानसिक रूपबाट  तपाई  अस्वस्थ रहनुहुनेछ। शल्यक्रिया गर्ने जस्ता कार्य नगर्नुहोला । मध्यान्नपछि  सफलता प्राप्त हुनेछ । परिवारको वातावरण आनन्ददायक रहनेछ। मित्र र प्रेमीसँग मिल्ने अवसर मिल्नेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

सामाजिक रूपबाट  ख्याति प्राप्त हुनाले  व्यवसायिक, आर्थिक तथा सामाजिक रूपबाट  लाभदायी दिन रहेको छ । मध्यान्नपछि सावधानी अपनाउनु होला । मानसिक रूपबाट केहि अस्वस्थताको अनुभव हुनेछ  । मनोरंजन- आनन्द  उल्लासमा खर्च हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मान-सम्मान बढ्नेछ र धन लाभ हुनेछ । प्रत्येक कार्य सरलतापूर्वक  सम्पन्न हुनेछ । कार्यालयमा उच्च अधिकारीलाई तपाईको कार्यमा सन्तोष रहनेछ  र पदोन्नतिको योग रहेको छ । मित्रसँग यात्रामा जानुहुनेछ। व्यवसायमा लाभ हुनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

व्यवसायी र व्यापारीवर्गको लागि समय अनुकुल रहेको छ । उच्च अधिकारी तथा प्रतिस्पर्धीसँग  व्यर्थ चर्चा वा  विवाद नगर्नुहोला । मध्यान्नपछि कार्यलयको वातावरण अनुकुल रहनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ ।

प्रकाशित : , ०, ०१४:२५

पशुपतिका ४ शिवलिङ्ग व्यक्तिका घर भित्र, धर्मशालामा होटल चलाउन दिएको उजुरी!