मध्यरातमा साहको घाँटी का’टेर ह-त्या प्रयास, एक पक्राउ!

राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको ह-त्या प्रयास भएको छ । ह’त्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् । धारिलो ह’तियारले घाँटी का’टेर ह’त्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका आरोपितलाई घाइतेले पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए  ।

पीडितको घाँटीमा ग-म्भीर घाउ भएको र ६० टाँका लगाउनु परेको अस्पतालले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबारदेखि घाइतेको उपचार शुरु भएको छ । घरमा सुतिरहेका बेला बिहीबार मध्यराति आरोपितले दराज खोलेर सामान खोतलिरहेका बेला ब्युँझेर रोक्न खोज्दा आरोपितले आ’क्रमण गरेको घाइते साहले बताए । घरभित्र प्रवेश गरेका आरोपितले भुइँमा लडाइँ च’क्कुले घाँटी का’टेको पीडितले बताए।

ह-त्या अभियोगमा जन्मकैद
जिल्ला अदालतले ह-त्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।

अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई (गुरुङ) को कुटपिट गरी ह-त्या गरेको अदालतले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ (२) बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।

उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खु-कुरी प्र’हार गरी घाँटी थिचेर ह-त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले ह-त्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो ।

प्रकाशित : , ०, ०१२:३५

कोभिड-१९ विरुद्ध सार्क भिडियो कन्फरेन्समा प्रम ओलीको सम्बोधन!