कोरोनाबाट बाबुको गयो ज्यान, छोराले आइसोलेसनको झ्यालबाटै बाबुलाई एम्बुलेन्समा राखेको हेरिरहे

हालसम्म, भारतमा कोरोना भाइरस संक्रमणबाट दुईजना ज्यान गुमाइ सकेका छन् ।

ती २ मध्ये दोस्रो व्यक्तिको शनिबार केरलामा ज्यान गएको हो । जुन घटना निकै हृदयविदारक बन्यो । त्यस व्यक्तिको ३० वर्षीय छोरा लिनो अदेललाई पनि आइसोलेसनमा राखिएका थिए। भारतीय मिडियाका अनुसार, अदेलले आफ्नै बाबुको शरीर आइसोलसनको झ्यालबाट हेरिरहन बाध्य भए।

गत मार्च ८ तारिकमा अदेल आफ्नो बाबुलाई भेट्न हतारिँदै कतारबाट आफ्नो देश, भारत फर्किएका थिए । तर, केही दिनदेखि अघि नै कोरोना संक्रमणपछि उनका बाबुलाई अस्पतालमा भर्ना गरिएको थियो । कोत्यामस्थित मेडिकल कलेजमा अदेल आफैलाई आइसोलेसनमा राखिएको छ।

त्यसै आइसोलेसन वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा राखेर लगिएको हेर्न बाध्य भए। कुनै पनि व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अथवा शंका मात्रै लागेमा पनि आइसोलेसनमा राखिन्छ। त्यसै गरि, अदेल पनि अस्पताल भर्ना गरिएका हुन् । जसले आफ्नै बाबुलाई अन्तिम बिदाइ समेत गर्न पाएनन् ।

यस घटनालाई समेटेर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसोलेसन यातना शिविर हैन ।’

प्रकाशित : , ०, ०१०:५१

नेपाल–भारत मैत्री बस सेवा आजदेखि बन्द