आफ्नै भाउजुको ज्यान लिने दुई देवर प्रकाउ

तेह्रथुम आठराई गाउँपालिका-४, ईवा तीनसल्लेमा दुई देवरहरुलाई आफ्नै भाउजुको ज्यान लिएको आरोपमा स्थानीय प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुरेन्द्र पुरी र बालकृष्ण पुरीला रहेको बताइएको छ । आफ्नै भाउजु, २८ वर्षीया बिन्दा पुरीको ज्यान लिएको आरोपमा उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे। बिन्दाका १० वर्ष र १५ महिनाका दुई छोरा छन् ।

बिन्दाको श्रीमान् भने वैदेशिक रोजगारीको लागि दुबईमा छन् । विदेशबाट दाजुले पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले आफ्नै भाउजुको ज्यान लिएको  प्रहरी अनुसन्धानमा खुलेको छ ।

ईलाका प्रहरी कार्यालय स‌क्रान्तिका प्रहरी निरीक्षक शेशकराम थान्दारले झापाबाट राति गाडी रिजर्भ गरी उनीहरुले तेह्रथुममा रहेकी भाउजुको ज्यान लिएर उनीहरु फेरी झापा नै फर्किएको बताएका छन् ।

प्रकाशित : , ०, ००७:२८

इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार