“अब सबै नेपालीले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ”, सरकारले सबैलाई सतर्क रहन आग्रह

गर्मीको समय सुरु भएसँगै डेंगी रोगको प्रकोप फैलिन थालेको छ । ‘इपिडेमियोलोजी’ तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखा परेको छ। प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको पनि महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले डेंगीको प्रकोप फैलेको भन्दै यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने र पानी जमेको खाल्डाखुल्डी पुर्ने बताएका छन् । त्यस्तै, झुलको प्रयोग गर्न पनि उनले आग्रह गरेका छन्। उनले भने,”अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ |”

यस्तै, टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु नपर्ने बताउँछन्। “कसैलाई डेंगीको लक्षण देखिनेवित्तिकै आत्तिनु भने पर्देन। तर शरीरको भित्री वा बाहिरी भाग कतैबाट पनि रक्तश्राप भयो भने तुरून्त चिकित्सककोमा जानु आवश्यक छ ” पुनले बताए ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ४ सय जनामा डेंगीको संक्रमण देखिएको थियो। यस्तोमा यो वर्ष पनि यसको प्रकोप देखा पर्न थालेपछि सरकारले सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।

प्रकाशित : , ०, ००६:५२

असिनाले चुटेर बालकको गयो ज्यान