रक्सि मात्र होइन यी चीजको सेवनले पनि नष्ट गराउँछ कलेजो, यी चीज नखाएकै राम्रो !

कलेजो हाम्रो शरीरको एकदम महत्वपूर्ण अंग हो । यसले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाएर रगत शुद्ध राख्न मद्दत गर्छ। यदि कलेजोमा खराबी आयो भने मानिसलाई धेरै बिमारीले सताउँछ जुन् निकै घातक हुन्छ । यस्तोमा हामी सबैले यो जान्न जरूरी छ कि के के कारणले कलेजोलाई हानि पुर्याउँछ त ?

कोल्ड ड्रिंक्स र सोडा

कोल्ड ड्रिंक्स र सोडामा चिनी र कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ जुन कलेजोका लागि हानिकारक हुन्छ। यसले मोटोपना पनि बढाउँदछ, जसले कलेजोमा नराम्रो प्रभाव पार्छ।

बढ्दो तौल

तपाईंको बढ्दो तौल कलेजोको लागि हानिकारक पनि हुन सक्छ।  शरीरको तौल धेरै बढ्नाले अतिरिक्त बोसो बढ्दछ, जुन कहिलेकाँही कलेजोकोषमा जम्मा हुन्छ र यसलाई क्षति गर्छ। त्यसैले व्यायाम गर्नु र शरीरको तौल नियन्त्रण गर्नु हाम्रो लागि निकै महत्त्वपूर्ण हुन्छ ।

पेनकिलर्स

पेनकिलरहररूले पनि कलेजोमा नराम्रो असर गर्छ।  लामो समय सम्म त्यस्ता औषधीहरू खायो भने , कलेजो ड्यामेज पनि हुन सक्छ। डिप्रेसनको औषधि पनि धेरै पटक यसको कारण बन्न सक्छ । त्यसैले ,डाक्टरको सल्लाह बिना कुनै औषधि सेवन गर्ने गल्ति कहिले पनि गर्नु हुँदैन ।

हेपाटाइटिस

हेपाटाइटिसले कलेजो सुन्निने समस्या निम्त्याउँन सक्छ र कलेजो ड्यामेजको कारण पनि बन्छ। त्यसकारण, हेपाटाइटिस पत्ता लागेपछि तुरुन्तै यसको उपचार गर्नुपर्छ। सही समयमा उपचार गरिएन भने कलेजो क्यान्सरको खतरा पनि हुन सक्छ।

जंक फूड 

फास्ट फूड पनि कलेजोमा देखिने समस्याको ठूलो कारण हो। जंक फूड्सलाई लामो अवधिसम्म बिग्रिनबाट जोगाउन एजिनोमोटोको प्रयोग गरिन्छ,जसको कारण कलेजोमा बोसो जाम हुने खतरा बढ्छ । यसले गर्दा कलेजोको कार्यक्षमता बिग्रन सक्छ।

चुरोट र रक्सी 

चुरोटको सेवनले पनि कलेजोमा क्षति पुर्याउँछ। चुरोटले कलेजोलाई अप्रत्यक्ष रूपमा असर गर्छ। चुरोटको धुँवामा पाइने विषाक्त रसायन अन्ततः  कलेजोमा पुग्छ र कलेजो कोषहरूलाई हानी पुर्याउँछ। यस बाहेक, धेरै समय सम्म रक्सी पिउने व्यक्तिको कलेजो ड्यामेज पनि हुन सक्छ।

प्रकाशित : , ०, ०१४:४२

तुलसीको सेवनले दिलाउँछ फ्लू र भाइरसबाट छुट्कारा ! यसरी गर्नुहोस् प्रयोग…