फागुन महिनाको अन्तिम दिन आज ह्वातै घट्यो सुनको मूल्य ! कति ? [मूल्य सहित]

काठमाडौँ – आज फागुन महिनाको अन्तिम दिन सुनको मूल्यमा भारी गिरावट आएको छ। फागुन महिनामा इतिहाँसकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य महिनाको अन्तिम दिन आज ह्वातै घटेको हो।

सुनको भाउ आज एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहिबार तोलामा ८ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ३ हजार रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ हजार रुपैयाँले घटेको छ ।

आज तेजावी सुन प्रतितोला ७८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ८१ हजार ५ सय र तेजावी सुनको मुल्य ८१ हजार २ सय रुपैयाँ थियो।

सुनको मूल्य यसै हप्ताको मंगलबार उच्च विन्दुमा पुगेको थियो। त्यस दिन इतिहाँसकै महँगो मूल्यको रुपमा छापावाला सुन तोलाको ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। तोलामा ४० रुपैयाँ घटेर चाँदी ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : , ०, ००५:३५

चीनमा कोरोना भाइरस अमेरिकी सेनाले फैलाएको हुन सक्ने दावी !