संसदमा रामनारायणको आक्रोश- “बिहान उठेदेखि ट्वाइलेट उद्घाटनमा कुद्ने , जवाफ दिन नभ्याउने?”

काठमाडौँ – राष्ट्रियसभा सदस्य रामनारायण बिडारी सदन प्रति उत्तरदायी बन्न सरकार तथा मन्त्रीहरुलाई सुझाव दिएका छन्।

बिहिबार राष्ट्रियसभाको बैठकमा बोल्दै बिडारीले सरकार सदन प्रति उत्तरदायी बन्न नसक्दा व्यवस्थामाथिनै प्रश्न उठ्न सक्ने बताए। राष्ट्रियसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै उनले संसदमा उठेका प्रश्नहरुको सरकार तथा मन्त्रीहरुले दिनु पर्ने उनले स्पष्ट पारे।

संसदमा सांसदहरुले उठाएका प्रश्नमा सरकार तथा मन्त्रीको तर्फबाट जवाफ नआएको भन्दै उनले आक्रोश पोखे। जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले मौन बस्दा जनता प्रति समेत अपमान हुन जाने उनले बताए।

“जवाफ नदिने। बोले पनि हुने, नबोले पनि हुने। ठीक बोलेपनि हुने बेठीक बोले पनि हुने। मन लागे बोले नि हुने। मन नलाए नबोले नि हुने। यस्तो सदन भएपछि सदनको गरिमा घट्छ अध्यक्ष महोदय”,उनले भने।

बिडारीले थपे,”सदनको गरिमा घट्यो भने व्यवस्थामाथि प्रश्न उठ्छ। जनताका प्रतिनिधिलाई हेप्ने प्रकारले कुरा गरेपछि प्रश्न उठ्छ। संसदमा सबै मन्त्रालयका प्रतिनिधि आएर टन्‍न बस्‍नुपर्यो नि अध्यक्ष महोदय। यहाँ कुन विषयमा सांसदले बोल्छन् मन्त्रीलाई थाहा छ ? छैन।”

आक्रोश पोख्ने क्रममा उनले संसदलाई बेवास्ता गरेर मन्त्रीहरु ट्वाइलेट उद्घाटनमा कुदेको पनि आरोप लगाए। बिहान उठेदेखि ट्वाइलेट उद्घाटनमा कुद्ने मन्त्रीहरु संसदमा जवाफ दिन भने नभ्याउने उनको आरोप छ।

प्रकाशित : , ०, ०११:५२

बिहेपछि प्रियंका र आयुष्मानले राखे यस्तो थर,!