काठमाडौँ – नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका भीमसेन दास प्रधानले विश्वभर फालिरहेको कोरोना भाइरसको संक्रमण प्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानले विश्वभर फालिरहेको कोरोना भाइरसको संक्रमण प्रति गम्भीर बन्दै आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे।
सरकार सक्दो छिटो सक्रिय भएर कोरोना भाइरसको संक्रमण रोक-थाममा उत्रिनुपर्ने उनको बुझाई छ। अहिलेनै रोक्न नसकिए नेपालको अवस्था भयाभह हुने तर्फ उनले सरकारको ध्यानाकर्षण गराए।
संसद, स्कुल तथा भीडभाड हुने सबै ठाउँ बन्द गर्नुपर्ने उनको माग छ। भीड हुने ठाउँमा अहिलेनै कडाई नगरिए नसोचेको परिस्थिति आउन सक्ने प्रति उनकोए चिन्ता छ।
उनले विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेको बताइरहँदा पनि सरकार गम्भीर नबनेको आरोप लगाए। सरकार गम्भीर भएर अहिलेनै चाँडै एक्सनमा जानुपर्ने उनले स्पष्ट पारे।
“सरकारले अहिलेसम्म संसदलाई निरन्तर चलाई राख्नुको कुनै तुक छैन। स्कुल, बस, तुरुन्त बन्द गर्नुपर्यो। सरकारले चाँडै एक्सनमा जानुपर्छ। जहाँ भीड हुन्छ त्यो रोक्न सकिएन भने यसबाट हुने भय नेपालले रोक्न सक्दैन।:,उनले भने।