ओखलढुंगामा जिप सडकबाट खस्दा ११ घाइते, जिप चालकको ढाड भाँचियो !

तस्विर: ओखलढुंगा न्युज

काठमाडौँ – ओखलढुंगा बिहिबार भएको एक सवारी दुर्घटनामा परी झन्डै एक दर्जन घाइते भएका छन्। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्। दुर्घटना बिहिबार बिहान भएको हो।

वीरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउँदै गरेको प्रदेश नं. ३–०१०२२ च ३१८३ नम्बरको जिप मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा दुर्घटनामा परेको बताइएको छ।

जिप सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना हुँदा जिपमा सवार १२ जनामध्ये ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरुमा पर्सा जिल्ला घर भएका २१ वर्षीय चालक अनिलकुमार सहनी, सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका ४० वर्षीय राजन घले, ३९ वर्षीय सनम घले र ३८ वर्षीय बल बहादुर श्रेष्ठ रहेका छन्। यस्तै पर्सा जिल्ला घर भएका २५ वर्षिया सुगम्भीदेवी मुखियाको पनि अवस्था गम्भीर रहेको छ।

गम्भीर घाइते भएकाहरुको अहिले ओखलढुंगा मिसन अस्पताल सोब्रुमा उपचार भइरहेको छ। उपचार भैरहेका मध्य जिप चालकको ढाडनै भाँचिएको बताइएको छ।

यस्तै अन्य घाइतेहरुमा रामेछापका ३० वर्षीय कपिल मगर, ओखलढुंगा सिद्धिचरण नगरपालिकाका ३४ वर्षीय विराज थापा, पर्साका १७ वर्षीय राजकुमार सहनी, २२ वर्षीय हिरालाल मुखिया रहेका छन्।

सोहि दुर्घटनामा परी गम्भीर घाइते भएकी सुगम्भीदेवीकी ३ वर्षकी छोरी अञ्जु कुमारी मुखिया र उनकै एक महिनाको छोरा आकाश कुमार मुखिया समेत घाइते भएका छन्।

प्रकाशित : , ०, ००५:५३

“विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा भनिसक्यो, संसद्, स्कुल र भिड हुने ठाउँ बन्द गरौँ”