कोरोना भाइरस बारे नयाँ खुलासा: ‘हावामा मात्र ३० मिनेट बाँच्छ, साढे ४ मिटरसम्म फैलन्छ’

चीनको एक सरकारी अध्ययनले कोरोना भाइरस हावामा मात्र ३० मिनेटसम्म बाँच्ने बताएको छ। ‘साउथ चाइना मर्निङ पोस्ट’ले जनाए अनुसार, चीन सरकारको महामारीविज्ञका एक समूहले गरेको नयाँ अध्ययनमा कोरोना भाइरस हावामा ३० मिनेटसम्म बाँच्ने र यस भाइरस साढे ४ मिटरसम्म फैलने देखिएको छ।

जमीनमा कोरोना भाइरस एक दिनसम्म मात्रै बाँच्ने पनि यस अध्ययनमा पाइएको छ। साथै, कोरोना भाइरस जमीनमा कति बाँच्ने भन्ने त्यो तापक्रमले पनि निर्धारण गर्दछ। ३७ डिग्री सेल्सियस अथवा ९८ फरेनहाइटको तापक्रममा यस भाइरस दुईदेखि तीन दिनसम्म पनि बाच्ने अनुसन्धानमा देखिएको छ।

यस अध्ययन हुनान प्रान्तमा गरिएको हो। हुनान प्रान्तमा गरिएको यस अनुसन्धानमा एक व्यक्तिबाट कसरी कोरोनाको संक्रमण भयो भन्नेबारे पनि उल्लेख गरिएको छ।

अनुसन्धानकर्ताका अनुसार, कोरोना भाइरसको संक्रमण साढे ४ मिटरसम्म देखिने गर्दछ। उक्त कोरोना संक्रमित व्यक्तिले, चार घण्टाको समयमा बसमा चढेका ४८ मध्ये कैयौं व्यक्तिहरुलाई कोरोनाको संक्रमण सारेका थिए।

अनुसन्धानकर्ताका अनुसार, कोरोना भाइरसबाट संक्रमित व्यक्तिले छोएको र उसको शरीरबाट निस्कने र्यालजन्य पदार्थबाट कोरोना संक्रमणको जोखिम हुने गर्दछ। प्लास्टिक, गिलास, फलाम, कपडा र कागजहरुमा यस भाइरस दुई देखि तीन दिनसम्म बाँच्ने बताइएको छ।

कोरोनाबाट जोगिन मास्क लगाउनुका साथै हात धुनुको बिकल्प नभएको अनुसन्धानकर्ताले बताएका छन्। साथै, कोरोना संक्रमणको लक्षण देखा परेका व्यक्तिहरुबाट दुरी व्यवस्थापन गर्न पनि आग्रह गरेका छन्।

प्रकाशित : , ०, ००६:१५

यी चीज आँखाको लागि धेरै लाभदायक, आज देखिनै खानामा प्रयोग गर्नुहोला