भारतमा कोरोनाको महामारी: मध्यरातिबाट सीमा बन्द, आफ्नै नागरिक पनि प्रवेश गर्न नपाउने !

भारतले शुक्रबार (भोलि) बाट लागु हुने गरी विदेशबाट भारत आउने सम्पूर्ण आगमनलाई प्रतिबन्ध लगाएको छ ।  विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको संक्रमणलाई महामारी घोषित गरिसकेका छन्। कोरोना भाइरसको प्रकोपले महामारीको रुप लिएपछि भारतले उक्त कदम उठाएको हो।

भारतको यस यात्रा प्रतिबन्ध कोरोना भाइरसको प्रसार आफ्नो देश सार्नबाट रोक्नका लागि गरिएको हो। अरु देशले विदेशीहरुको प्रवेशमाथि मात्र रोक लगाउथ्यो भने भारतले आफ्नै नागरिकहरुलाई समेत भारतमा प्रवेश गर्न नदिने घोषणा गरेको छ।

यसै क्रममा, मार्च १३ को १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले सबै सीमा बन्द गर्ने निर्णय लिएको हो। उनका अनुसार, भारतका लागि हिडिसकेका विदेशीलाई समेत प्रवेश दिने छैन ।

उक्त प्रतिबन्ध विदेशीलाई मात्र नभई, विदेशमा रहेका भारतीय नागरिकलाई समेत लागु हुनेछ। तर, कुटनीतिक नियोगमा काम गर्ने कर्मचारीलाई भने छुट गरिएको छ । भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई पनि रद्द नगर्ने भएको छ। उनले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ । भारतले चिनियाँ नागरिकलाई भने माघ २३ गते नै प्रवेशमा रोक लगाएको थियो।

शिर्ष मन्त्रीहरुको एक समूहको वैठकपछि बुधबार उक्त ‘यात्रा निर्देशिका’ जारी गरिएको थियो। इन्डियन एक्सप्रेसका अनुसार भारतले सारा विदेशीहरुको भीसा समेत रद्द गरेको छ । उक्त वैठकको नेतृत्व, नागरिक उड्यन मन्त्री हर्दिप पुरी र केन्द्रीय स्वास्थ्य मन्त्री हर्षबर्धनले गरेका थिए ।

निर्देशिकामा ‘भारतमा अत्यावश्यक कारण आउनै पर्ने भएका विदेशीले भारतीय दुतावास वा वाणिज्यदुतावाससँग सरसल्लाह गर्न सुझाव जारि गरेका छन्।’ साथै, भारतीय नागरिकलाई युरोप र अमेरिकाको भ्रमण नगर्न निर्देशन समेत दिएका छन्।

हिजो मात्रै भारतको केरलामा नयाँ ८ जना र राजस्थान तथा दिल्लीमा १-१ जनाको संक्रमणको पुष्टि भएपछि, भारतमा संक्रमित व्यक्तिको संख्या ६० पुगेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार, देशभरि कोरोना संक्रमणको १० नयाँ घटना बारे खुलासा गरेका छन्। देशमा कोरोना संक्रमणबाट ज्यान गरेको कुनै मामला भने आएको छैन।

शुक्रबार देखि लागू हुनेगरी कुवेतले पनि सम्पूर्ण देशसँगको अन्तर्राष्ट्रिय आवतजावत बन्द गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको संक्रमणले विश्वका देशहरुमा महामारीको रुप लिरहेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण देशहरुसंगको अन्तर्राष्ट्रिय आवतजावत बन्द गर्ने निर्णय गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

कुवेतको सरकारले गरेको निर्णय अनुसार कुवेतका नागरिक रहेका केही खाडी मुलुकसँगको उडान र अत्यावश्यक कार्गो उडान मात्रै बाहेक सम्पूर्ण उडान रोक्का हुनेछ। अर्को निर्णय नभएसम्मका लागि सम्पूर्ण आवतजावत बन्द गर्ने कुवेत सरकारको निर्णय छ।

यस्तै १५ दिनका लागि सार्वजनिक विदाको घोषणासमेत गरिएको छ। बिहिबार देखि नै लागू हुनेगरी त्यहाँको सरकारले १५ दिनका लागि सार्वजनिक विदाको घोषणा गरेको हो।

चीनको हुबेई प्रान्तको राजधानी वुहान सहरबाट शुरु भएको यस भाइरसको महामारी हाल १०० भन्दा बढी देशहरुमा फैलिइसकेको छ। तर विश्व स्वास्थ्य संगठनले, यो भाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गरेका छन्। प्रमाणस्वरुप चीनमा यसको संक्रमण नियन्त्रणमा आउँदै गरेको कुरालाई पनि अघि सारेको छ।

हालसम्म, संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने ज्यान जानेको संख्या भने ४ हजार ३ सय ८९ पुगेको छ। चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन् भने १०९ भन्दा बढी देशहरुमा कोरोना भाइरस पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो ।

प्रकाशित : , ०, ००५:००

कोरोना भाइरस बारे नयाँ खुलासा: ‘हावामा मात्र ३० मिनेट बाँच्छ, साढे ४ मिटरसम्म फैलन्छ’