३०० भन्दा बढी जन्ती लिएर गएका बेहुला फर्किए बेहुली नलिई, रोकियो २ बिहे,!

महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घ-टना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुन पलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ ।

अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिए  ।

उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए । आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घ-टना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् ।

यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । बालिकालाई ‘सेफहाउस’ मा पठाइएको छ । उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए  ।

प्रकाशित : , ०, ०१३:५७

अभिनेत्री आँचलले लगाइन मेहेन्दी, लेखिन उदिपको नाम-[तस्विर सहित]!