कोरोना भाइरस सय भन्दा बढी मुलुकमा फैलिएपछि बेलायती वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्ध खोप बनाउँन तयारी सुरु गरेका छन् । लन्डन ह्वाइटच्यापलमा वैज्ञानिकहरूले २४ व्यक्तिहरुलाई खोप जाँच गर्नका लागि बोलाएका छन्।
यसका लागि उनीहरूलाई ३५०० पाउन्ड अर्थात् लगभग ३ लाख ४० हजार रुपैयाँ दिइनेछ। मिडिया रिपोर्टका अनुसार लन्डनको ह्वाइटच्यापल स्थित द क्वीन म्यारी बायोएन्टरप्राइज इनोभेशन सेन्टरका वैज्ञानिकहरूले खोपको प्रयोग गरिरहेका छन्। त्यसको लागि उनीहरूलाई २४ जनाको आवश्यकता छ।
ती व्यक्तिहरूमा कोरोना भाइरसको खोपको जाँच गरिनेछ। परीक्षण गरिने खोपमा सार्स रोगको औषधि पनि समावेश गरिएको छ। सब भन्दा महत्त्वपूर्ण जानकारी यो हो कि यो परीक्षणको क्रममा , ती २४ व्यक्तिको शरीर भित्र कोरोना भाइरसको कमजोर स्ट्रेन राखिनेछ। त्यसपछि यस भाइरसको विकासको लागि छोडिनेछ । त्यसपछि तिनीहरूलाई कोरोना विरुद्ध तयार पारिएको खोप दिइनेछ। एचभिभो कम्पनीले यसको औषधि तयार परेको छ ।
यी २४ व्यक्तिहरूलाई अर्को १४ दिनको लागि क्वारेनताईंनमा राखीनेछ। अर्को दुई हप्तामा वैज्ञानिकहरूले पत्ता लगाउने छन् कि औषधिले कसरी असर गरिरहेको छ र औषधिले असर गरिरहेको छ वा छैन। युरोपेली देशहरुका करीब ३५ कम्पनीहरु कोरोना भाइरसको औषधि बनाउँनमा व्यस्त छन्। वेलायत सरकारले कोरोनाभाइरसको औषधि पत्ता लगाउन करिब ४४० करोड रूपैयाँ जारी गरेको छ।