एजेन्सी – कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिरहेको इटालीलाई चीनले सहयोग गर्ने भएको छ। कोरोना विरुद्धको लडाईमा इटालीलाई चीनले सहयोग गर्ने भएको हो।
चीन पछि सबै भन्दा धेरै कोरोना संक्रमित इटालीमा छन्। कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या पनि चीन पछि इटालीमा उच्च छ। हाल सम्म इटालीमा ६ समय भन्दा बढीको ज्यान गैसकेको छ।
बुधबार सम्म इटालीमा संक्रमितको संख्या १० हजार नाघिसकेको तथ्यांकहरु सार्वजनिक भएका छन्। तथ्यांक अनुसार हाल सम्म इटालीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ।
इटालीमा लगातार बढिरहेको कोरोना भाइरस संक्रमितको संख्यालाई मध्यनजर गर्दै चीनले कोरोना भाइरस (कोभिड १९) विरुद्व लड्न चीनले इटलीलाई मेडिकल सामाग्री पठाउने भएको छ।
मेडिकल सामाग्री सहयोग गर्ने विषय चीन र इटलीका विदेशमन्त्रीबीच फोनवार्तामार्फत समेत भएको बताइएको छ। चीनले इटलीलाई लंग भेन्टिलेटर मास्क, हाई टेक मास्क, प्रोटेक्टीभ सुट लगायतका सामाग्री चीनले इटालीलाई सहयोग गर्दैछ।
दुई देशका विदेशमन्त्रीबीच भएको फोन वार्ताका क्रममा कोरोना विरुद्धको लडाईमा चीनले पाइरहेको सफलतालाई आफूहरुले ध्यान दिरहेको र चीनबाट सिकेर कोरोना विरुद्ध लड्ने इटलीका विदेशमन्त्रीले बताएका छन्। यस्तै चीनका विदेशमन्त्रीले कोरोना विरुद्धको लडाईमा साथ-साथ रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
कोरोना भाइरस संकमितको संख्या लगातार बढेपछि इटालीमा मेडिकल सामाग्रीको अभाव खड्किएको छ। जसलाई मध्येनजर गर्दै चीनले कार्गो विमानमा २६.४ टन बराबरका मेडिकल सामाग्री पठाइसकेको छ। उक्त कार्गो विमानले बुधबार उडान भरेको बताइएको छ।