कपिलवस्तुको शिवराज नगरपालिकामा एक पुरुषको छ। छोराको इँट्टा प्रहारबाट बावुको ज्यान गएको खुलासा भएको छ।
बावु चन्द्रबहादुर जिसीको ज्यान लिएको आरोपमा प्रहरीले ३२ वर्षीय वसन्त जिसिलाई सोमबार साँझ पक्राउ गरेको छ। का लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादका कारण शिवराज नगरपालिका-९ तुरुन्तपुरमा बसोबास गर्ने वसन्त जिसि (छोरा)ले इँट्टाले हानेपछि बावु चन्द्रबहादुर गम्भीर घाइते भएका थिए। ‘चन्द्रदेव संजिवनी अस्पताल चन्द्रौटा’मा उपचारको क्रममा चन्द्रबहादुरको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाका प्रहरीले छोरा, बसन्तलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
टिपरको ठक्करबाट महिलाको ज्यान गयो, स्थिति तनावग्रस्त !
राँझा – बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बिहान करीब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्याउँदा ज्यान गइसकेको थियो । थारू तरकारी व्यवसायी रहेको खुलेको छ ।
ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ ।
दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।