भारतमा द्रुत रूपमा फैलियो कोरोना भाइरस, आजमात्रै १० नयाँ संक्रमित फेला

कोरोना अर्थात कोविड-१९बाट केरलामा नयाँ ८ जना र राजस्थान तथा दिल्लीमा १-१ जनाको संक्रमणको पुष्टि भएपछि, भारतमा संक्रमित व्यक्तिको संख्या ६० पुगेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार, देशभरि कोरोना संक्रमणको १० नयाँ घटना बारे खुलासा गरेका छन्। देशमा कोरोना संक्रमणबाट ज्यान गरेको कुनै मामला भने आएको छैन।

भारतमा आउने यात्रीहरुलाई एयरपोर्टमा स्व-घोषणा फाराम भर्दा,  यात्राको पूरा विवरण स्पष्ट रूपमा वर्णन गर्न अपील गरिएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मंत्री डा. हर्ष वर्धन निरन्तर अवस्थाको अनुगमन गरिरहेका छन्। स्वास्थ्य सचिवले पनि राज्य सरकार र केन्द्र शासित प्रदेशहरूसँग मिलेर परिस्थितिको नियमित समीक्षा गरिरहेका छन्।

यसैबीच, इरानमा फसेका भारतीयहरुलाई ल्याउन ५८ व्यक्तिको पहिलो टोली, मंगलबार हिन्डन एयरबेसमा पुगेका छन्। इरानमा कोरोना भाइरसको प्रकोप निकै नै धेरै छ। त्यहाँ, कोरोना भाइरसका कारण २४३ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्। इरानमा करीव २००० भारतीय नागरिक छन्।

वुहान सहरमा डिसेम्बरको अन्तिम सातादेखि कोरोना भाइरस देखिन थालेको हो। कोरोना भाइरसबाट ग्रसित चीनले पछिल्ला समयमा भने भाइरस नियन्त्रणमा ठूलो सफलता पाएको छ।

एक महिना अघिसम्म मात्र पनि चीनमा कोरोनाको संक्रमण दर दिनमा दुई गुणा र रातमा चौगुणाको हिसाबले बढिरहेको थियो। फेब्रुअरी ४ तारिकमा मात्रै ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका थिए।

तर, ‘साउथ चाइना मर्निङ पोष्ट’का अनुसार, सोमबारको दिन चीनमा जम्मा १९ जनामा मात्र कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ। त्यस, १९ जनामा मात्र १७ जनालाई चीन भित्र संक्रमण भएको खुलाशा भएको छ। बाकी २ जनालाई भने विदेशबाट नै संक्रमित भएर आएका थिए।

संक्रमित भएका १७ जना चिनियाँ नागरिकहरु कोरोना भाइरसको उदगम हुवेई प्रान्तका नागरिक हुन्। साथै, ३ दिन देखि चीनमा वुहान सहरबाहिर कसैलाई कोरोना भाइरस संक्रमण भएको भने पाइएको छैन।

एक महिनामानै चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न ठुलो सफलता प्राप्त गरेता पनि संसारभर कोरोना भाइरसको त्रास झन् झन् फैलिरहेको छ । यस खतरनाक भाइरसको चीनमा ८० हजार भन्दा बढी संक्रमित छन् । यस्तै विश्वभर १ लाख भन्दा बढी संख्यामा यस भाइरस संक्रमित छन्। दक्षिण एशियाली राष्ट्र मध्य सबै भन्दा धेरै भारतमा ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित : , ०, ००९:२५

वैज्ञानिकहरुको अफर: कोरोनाको खोप शरीरमा टेस्ट गराउन दिनुस्, लाखौं पाउनुस !